IIMS College

ISMT

HUB Education

'भ्रष्टाचारले व्यक्ति धनी भए राष्ट्र गरिब'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय पोखराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “भ्रष्टाचारसम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन सक्नुपर्दछ ।”

 

प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले सरकारी, राजनीतिक तथा निजी क्षेत्रले सूचना प्रवाह गरेर भ्रष्टाचार नियन्त्रणमा सघाउनुपर्ने बताउँदै आयोगले हालै जारी गरेको ६१ बुँदे सुधारका बुँदामध्ये प्रदेश सरकारसँग सम्बन्धित ११ बुँदाको कार्यान्वयन शुरु गरिएको जानकारी दिए ।

 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुशासन स्थापना विना समृद्धि हासिल गर्न नसकिने भएकाले निर्णायक तहमा रहेको ‘स्वार्थको द्वन्द्व’ कारणबाट भ्रष्टाचारजन्य गतिविधिले प्रश्रय पाउने गरेको उल्लेख गर्दै विभिन्न निकायबाट प्रकाशित तथ्याङ्कबाट भ्रष्टाचार नियन्त्रणमा पछिल्लो समय सुधार देखिएको बताए । 

 

पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अख्तियारलाई बलियो बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए ।

 

आयोगको प्रदेश कार्यालय पोखराका निमित्त प्रमुख शम्भु मिश्रले पछिल्लो आवमा कूल उजुरीको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको बताउँदै माघ २३ गतेसम्मको तथ्याङ्कअनुसार चालू आवमा ३७२ तथा गत वर्षको जिम्मेवारी सरेका २८७ सहित कूल ६५९ उजुरीमध्ये २७४ पछ्र्यौट गरिएको तथा ३८५ अनुसन्धानमा रहेको जानकारी दिए ।

 

कार्यालयका उपसचिव मेघनाथ रिजालले आयोगको रणनीति बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र संस्थागत सुदृढीकरणका कार्य सञ्चालन गरी भ्रष्टाचार नियन्त्रका कार्यअघि बढाइको उल्लेख गरे । 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 3 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 3 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 4 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।