भ्रष्ट्राचारको अभियोगमा जेलमा रहेकी बंगलादेशका पूर्वप्रधानमन्त्री जिया केन्द्रीय जेलमा स्थानान्तरण

ढाका, भदौ २१ । बंगलादेशकाका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । 

 

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उनले पाँचवर्षे जेल सजाय भोगिसकेकी छिन् । 

 

उनलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् । 

 

उजले भनिन्, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।” 

 

बङ्गलादेशको एनटीभीबीडी डट कमले सम्प्रेषण गरेको समाचारमा बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले थपिन्, “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।” 

 

आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छिन् । बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । 

 

अदालतले नेत्री जियाका चार जना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो । 

 


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 3 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 5 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 7 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।