ISMT

HUB Education

तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको विमोचन

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौ । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताउनुभएको छ ।

 

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार र नेशनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको आज ललितपुरमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरपेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिनुभयो । 

 

उहाँले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पूर्वराष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एकमुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झँदै कानूनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गरे । 

 

करीब ३०० पृष्ठको पाँच खण्डमा विभाजित र न्यायालयमा करीब ३१ वर्षको अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बङ्गलादेशमा समेत प्रयोग हुन छोडेको बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनेमा आफू सहमत नभएको बताउँदै बहुदलीय प्रणाली भएको मुलुकमा स्वतन्त्र व्यक्तिको सरकार बन्ने र बहालवाला प्रधानन्यायाधीश सरकार प्रमुख बन्ने कुरा प्रजातान्त्रिक नभएको दाबी समेत गरे । 

 

सात जना पूर्वप्रधानन्यायाधीशसँग रजिस्ट्रारका रूपमा काम गर्दा उहाँहरूको व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयमा समेत जानकारी समेटिएको उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानून जस्तो निरस विषयलाई पनि सहयोग गर्नसक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानूनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताए । 

 

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले अदालत प्रशासन र न्याय प्रशासन निकै जटिल विषय भएको बताउँदै आजको अदालतको अवस्था निकै भिन्न भएको र नयाँ पुस्ताले नै अदालतप्रति जनआस्था कायम गर्नसक्ने र त्यसको गरिमा जोगाउनसक्ने धारणा व्यक्त गरे । उद्योगपति तथा समाजसेवी डा उपेन्द्र महतोले हरेक व्यक्तिको मनमा अदालत हुने र त्यो अदालतले भनेको कुरा सुन्दा बाहिरको अदालत आवश्यक नपर्ने बताए । 

 

पुस्तकका समीक्षक, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का पोलिटब्यूरो सदस्य तथा पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले हाल सुरक्षाकर्मी, पूर्वप्रशासक, राजनीतिज्ञ सबैमा आत्मकथा लेख्ने चाहना बढेको बताउँदै न्यायालयमा बस्नेले पनि जीवनी लेख्दा कठिनाइ आउनसक्ने बताए । फ्रिडम फोरमका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दहालले उक्त कृति आत्मकथा नभई अनुभवको मिश्रण भएको बताउँदै ‘न्यायपालिकामा क्षमता भएका व्यक्तिलाई किन अवसर दिइँदैन प्रश्न गर्नुपर्छ’ । 

 

विमोचित पुस्तकका लेखक डा रामकृष्ण तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताउनुभयो । पुस्तक प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले छायाँ लेखनको इतिहास ३०० वर्षको भइसकेको बताउँदै प्रत्येक व्यक्ति आफैँमा महापुरुष भएकाले उसले आफैँ वा छायाँ लेखनका माध्यमबाट आफ्नो अुनभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए। लेखकका परिवारका सदस्यका रूपमा पुष्पा पोखरेलले यसै पुस्तकबाट लेखकका अन्य आयाम तथा न्यायापालिकाको अवस्थाबारे थप बुझ्न सकिएको बताए । 


थप समाचार

अरुबाट आशा गर्दै नगर्नुहोस्

  • 2 minutes ago
अरुबाट आशा गर्दै नगर्नुहोस्

‘बीच जंगलमा दोबाटो भेटियो । बाटाहरु एक अर्काबीच छुट्टिए । मैले बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’ –रबर्ट फ्रस्ट

अष्ट्रेलिया विशेषः यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

  • 23 minutes ago
अष्ट्रेलिया विशेषः  यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

साथीहरुले महिनाको ५०० डलरको ढुकुटी खेलौं भनेर निकै दवाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

बोक्सी हटाउन महिला झाक्रीको १२ अवतार हेर्नुहोस तस्विरमा

  • 27 minutes ago
बोक्सी हटाउन महिला झाक्रीको १२ अवतार हेर्नुहोस तस्विरमा

दोलखा। जनैपूर्णीमा अवसर पारेर दोलखा जिल्लाका बिभिन्न गाउँबस्तीमाहरुमा कुल देवीदेवताको पुजा तथा झाँक्री मेलाले लागेको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

एजेन्सी । आजभोली धेरैजसो मानिसको वैवाहिक जीवनमा आपसी तालमेलमा कमी आएको पाइन्छ । जसकारण पति तथा पत्निले मानसिक तनाव तथा अन्य समस्याहरु झेल्नुपर्छ । यस्तो अवस्थामा जीवन बोझ लाग्छ भने निराशा हावी हुन्छ । यस्तो परिस्थितिबाट बच्नका लागि पति तथा पत्नी दुवैैले कस्तो उपाय अपनाउने भनेर मुख्य तीन कुराहरुको चर्चा गरौं ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।