कोरोना विपत्तिः प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

कोरोना भाइरस (कोभिड– १९)को महामारीसँग जुध्न नसक्दा विश्वको शक्तिशाली मुलुकहरु समेत कमजोर सावित भएका छन् । कोरोनाले अहम्ताको कुनै पनि परिधि हुँदैन रहेछ, स्थान र भुगोल अनुसार अहम्ताको आयामहरु देख्न सकिन्छ । भौगोलिक बनावट र प्राकृतिक उपमाबीचको अहम्ता अन्ततः मानव जातिको लागि मात्र नभएर अन्य सजिव वस्तुका लागि समेत प्रतित्पादक बन्दो रहेछ ।

 

चेतनाको विविधता भित्र पनि अहम्ताको परिधि फरक फरक हुँदो रहेछ । यसको आयम भित्रको विविधतामा पाईने एकलव्यतामा अहंमताको अणु पाईन्छ । जसरी विश्वमा देशिय मान्यतामा समानता पाईदैन, मानव जातिमा पनि समानता पाईदैन । गुण र दोषको आधारमा भन्दा पनि अहम्ताको पराकाष्ठमा त्यसको मापन गरिएको हुन्छ । 

 

विश्वमा नै अनेकौ प्रकारको देशिय शितयुद्ध जारी रहिरहदाँ एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफुलाई सर्वश्रेष्ठ दावी गर्नेहरुलाई कोरोना संक्रमणले केही समयको लागि शितलता दिएको छ । भौतिक संरचना विकासका लागी एउटा सुचक हुन सक्ला, तर समग्रता हुन सक्दैन । भौतिक र आर्थिक रुपमा सम्पन्नतालाई नै सफलता ठान्नेहरु कोरोनाका अगाडि निरिह सावित भईदियो । संसारका सवै वस्तुमा आफनो अधिपत्य जमाउन खोज्नेहरुले प्राकृतिक विपत्तिका अगाडि लम्पसार पर्न बाध्य भएको छ । यहि प्रकृतिको महिमा बुझन नसक्दा विश्वका शक्तिशालि मुलुकहरु हायकायल भईरहदाँ अबको विकल्प के भन्ने बारेमा पनि बैचारिक वहसमा कृषिलाई मान्न सकिन्छ । कृषिको अधिकतम प्रयोगले नै वातावरणिय सन्तुलनका साथै प्राकृतिक वातावरणलाई नै सहज बनाउन सकिन्छ । त्यहि सहजता भित्र नै मानव जीवनको सुन्दर पक्ष समेटिएको हुन्छ । विश्व नै कोरोना रोगले विक्षिप्त वनिरहदाँ प्राकृतिकको रक्षा र वातावरणीय अनुकुलका लागि कृषि नै अबको मुख्य बाटो हो भन्ने कुरामा अल्मलिनु हुदैन ।

 

युगमा विश्वस्त हुन नसके पनि आश्वस्त भईरहदाँ कलियुगको अबको समाप्ति भनेको यहि समय पछि आरम्भ युग भनेको अवको युग बन्न सक्दछ । हतियार सहित परमाणुको उत्पादन र त्यसले प्राप्त गर्ने शक्तिका अगाडि प्राकृतिक विपक्तिका कारण भोगेको मानवीय क्षतिले पनि समग्र विश्व संरचना गलत दिशातर्फ गईरहेको पुष्टि हुन्छ । शक्तिका लागि  गरिने अस्त्र त केवल साधन मात्र रहेछ भन्ने प्रमाणित भएको छ । 

हतियारवाट प्राप्त भएका शक्ति क्षणिक र विनासकाले तथा दम्भमिश्रित हुने रहेछ, त्यहि अहंमता र दम्भले मानव जातिलाई अन्तत विनासतर्फ अग्रसर गराउँदछ भन्ने कुरा कोरोना रोगले पुष्टि गरेको छ । विश्व सुचकांकको मापन विषय आर्थिक, भौतिक र हतियार सहितको शक्तिलाई मात्र मान्यता दिएता पनि यो गलत सावित भएको छ । प्राकृतिक र वातावरणीय प्रभावलाई वाहिर राखेर गरिएको सुचकांकले यो परिभाषालाई उल्टाईदियो । कोरोना रोगका वारेमा विश्वका सर्वशक्तिमान राष्ट्रहरु समेत हार मानेका सन्दर्भमा वातावरणिय पर्यावरण र प्राकृतिक सन्तुलन नै मुख्य कारण रहेछ भन्ने समेत अझै सोच्न सकेको पाईदैन । 

 

 

मानव जातिलाई वाच्नका लागी गाँस, वाँस र कपास मात्र होईन, वातावरणीय अनुकलु प्रधान हुन्छ । प्राकृतिक अनुपमता साध्य हो जीवनका । जसलाई बाहिर राखिएर गरिएको जीवनको परिभाषा पुर्ण बन्न सक्दैन । हामी मानव जाति यहि कमीकमजोरीमा टेकेर बाँचिरहेका छौं । त्यसै कमजोरीमा हामी विलिन हुदैछौं । वेलावेलामा हुने प्राकृतिक विपक्तिमा समेत लापरवाही र विकासका नाममा गरिने तिकडम अहिले विश्वमा नै मानव जातिका लागी महंगो बनिदियो । मानव जातिको जन्म सँगै मृत्यृ पनि निश्चित भएजस्तै प्राकृतिको पनि यो चक्र चल्ने गर्दछ, फरक यति मात्र हो कि हामी समय अवधि भित्र नै विलिन हुदैछौ । मानव जातिले प्रकृति र वातावरणसँग समन्वय गर्न सक्दछ, नकि चुनौती, त्यहि चुनौतीको परिणाम हो, कोरोना । प्रकृतिको प्रतिनिधीको रुपमा आएको कोरोनालाई समयमा नै चिन्न सकेनौ भने भोलीका दिनमा आउने भयाभह अवस्थाको सिर्जनामा कसले जिम्मेवारी लिने ? हरेक वस्तुका आफ्नै सीमा र परिधि रहेको हुन्छ, त्यही परिधिमा रहेर अगाडि बढ्न सकेमा नै त्यसले ग्रहण गर्न सक्दछ  । परिधि र सीमा भन्दा बाहिर गएर गरिने हत्कण्डाका उपज कोरोना हो । प्राकृतिक विनास र वातावरणीय असन्तुलनलाई अब पनि समयमा नै चिर्न सकिएन भने कोरोना रोग केहि समयका लागि विश्राम लिएता पनि प्रकृतिले नयाँ रोगका आविश्कार गरेर मानव जातिको यो ज्यादतीका विरुद्ध आफ्नो उपस्थिती प्रकट गरिरहन्छ । वातावरण र प्राकृतिकका लागि देश होईन, भुगोल प्रधान हुन्छ, मानव निर्मित देश र सीमामा यसको परोध सरोकार राख्दै, जहाँ प्रकृतिको वढि दोहन र वातावरणी प्रतिकुल हुन्छ, त्यहाँ वढि विनास निश्चित रहन्छ । जुन नियम प्रकृतिमा पनि लागू हुन्छ । 

 

विश्वका नै शक्तिशाली देशहरु विभिन्न रोगका रोग प्रतिरोधक औषधीहरु उत्पादन  र रोग नियन्त्रणमा सफल भईरहदाँ यो रोगसँग लड्ने औषधीको निर्माण गर्न किन असफल भए ? गम्भिर रुपमा सोच्न जरुरी भईसकेको छ । धर्तीका तापक्रम होस वा, वातावरणको अवस्था, यो सवैमा परिधिको सीमा पाउन सकिदैन । 

 

मानव जातिले अबका दिनमा आफनो अस्तित्वको रक्षागर्ने हो भने प्रकृतिको संरक्षण र वातावरणीय अनुकुलतामा ध्यान दिनुपर्ने हुन्छ । प्रकृतिको निश्चित परिधि हुदैन, समग्रतामा धर्तिमा आफुमा परेको प्रभावलाई नै यसले नियमन गर्दछ, जुन नियमन अहिले कोरोना रोगका माध्यामबाट गरिरहेको छ । आफुलाई सर्वशक्तिमान भन्ने देशले मात्र होईन, भुगोलमा सानो देशले समेत यो बुझन जरुरी भईसकेको छ  । विकास र प्रतिष्पर्धाका नाममा गरिने अस्वस्थ गतिविधिको समयमा नै न्युनकरण र अन्त्य गर्न सकिएन भने मानव जातिको पतन निश्चित छ । विषयको गाम्भिर्यताको विविधतामा सकारात्मक बहसले नै अहिलेको निकास दिन सक्दछ । नत्र दम्भ र अहंम मिश्रित यहि भावले लामो समयसम्म हामी हाम्रो अस्तित्व जोगाउन सक्दैनौ । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।