कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, काठमाडौँ उपत्यकामा ५ संक्रमित थपिए

  • मंगलबार, ६ जेष्ठ, २०७७
  • 5 days ago
  • नेपाल

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४०२ पुगेको छ । पछिल्लो पटक २७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या बढेको हो ।

 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ जना काठमाडौँ जिल्ला तथा १–१ जना भक्तपुर र ललितपुरका रहेका छन् । ललितपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो ।

 

त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्।

 

संक्रमणबाट सबैभन्दा बढी प्रदेश नम्बर–५ मा १७६, प्रदेश नम्बर–२ मा १३६, प्रदेश नम्बर–१ मा ५४, वाग्मती प्रदेशमा २७, गण्डकी प्रदेशमा चार, सुदूरपश्चिम प्रदेशमा पाँच तथा कर्णाली प्रदेशमा एकजना संक्रमित भएका छन् । 

 

नेपालका ३६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।