काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

Education Park

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुगमन समितिसमक्ष पेश गरेको छ ।

 

प्रतिवेदनमा काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको जनाइएको छ । जिल्लामा २३ वटा क्रसर सञ्चालनमा छन् । 

 

जिल्ला समन्वय अधिकारी कोमलप्रसाद धमला संयोजक तथा जिल्ला समन्वय समिति, स्थानीय प्रशासनका प्रशासकीय अधिकृत तथा डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित सबै क्रसर मापदण्डविपरीत सञ्चालनमा भएको प्रतिवेदन आजको बैठकमा पेश गरेको हो । 

 

समितिका अनुसार पनौती नगरपालिकाको कोलाँती क्षेत्रमा दुई वटा क्रसर बिना दर्ता सञ्चानमा छन् । जल्ला समन्वय समितिका संयोजक उद्धव केसीले वन, नदी÷खोलाको हकमा ‘जिपिएस’ प्रणालीमा दूरी मापन गरिएको बताए । 

 

उनले भने, ‘बिनाअनुमति सञ्चालित दुई वटा क्रसर तत्काल बन्द गर्छौं, अन्यको हकमा कानूनी व्यवस्था हेरी थप कागजात मागेर बन्द गर्ने प्रक्रियामा लाग्छौँ ।’ 

 

उनका अनुसार प्रतिवेदनमा अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजीक सञ्चालित भएको, चार वटा क्रसरको खानी दर्ता नभएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको पनि उल्लेख गरिएको छ । 

 

बैठकमा सङ्घीय सांसद गङ्गाबहादुर दोङले कानूनसम्मत सञ्चालन नगरेका क्रसरलाई माया गर्ने ठाउँ नभएको बताए । उनले भने, ‘कानून विपरीत सञ्चालितलाई निर्मम निर्णय गर्नुस्, बन्द गर्नुपर्ने भए खुट्टा नकमाउनुस्, तपाईंहरुको साथमा हामी छौँ ।’ उनले क्रसरका कारण साना ठूला नदीहरु प्रदूषण भएको बताउनुभयो । 

 

प्रदेश सांसद रत्न ढकाल र चन्द्र लामाले प्रदेश सरकारको मापदण्डअनुसार नचलेका क्रसरलाई तत्काल बन्द गर्नुपर्ने बताए । ढकालले भने, ‘क्रसरलाई अब स्थानान्तरण मात्रै गर्न दिन सकिन्छ, मापदण्ड सच्याउन सकिन्न ।’ 

 

प्रजिअ कृष्णबहादुर राउतले अवैधानिक रुपमा सञ्चालित क्रसरले नदी दोहन भइरहेको, नदीजन्य पदार्थ राती चोरी–निकासी भइरहेकाले मापदण्ड पूरा गर्न समयसीमा दिएर नियमन गर्न सकिने बताए । उनले नदीजन्य पदार्थ निकासी हुँदा बिल–बीजक पनि निगरानी गर्न अनुगमन समितिलाई आग्रह गरे । 

 

बैठकले अनुमतिबिना सञ्चालित दुई वटा क्रसर तत्काल बन्द गर्ने, क्रसरलाई आफू कानूनतः सञ्चालन भएको स्रोत खुलाएर ल्याउन सात दिनको समयसीमा दिने र आउँदो फागुन ८ गते स्थानीय तहका प्रमुख तथा स्थानीय समितिका पदाधिकारीसँग छलफल राख्ने निर्णय गरेको छ ।


थप समाचार

नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

  • 5 minutes ago
नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रा लि बीच सुचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

शेयर बजार १५ अंकले बढ्यो

  • 7 minutes ago
शेयर बजार १५ अंकले बढ्यो

काठमाडौँ । आज शेयरबजार १५.८५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आज १६७ कम्पनीको शेयर कारोबार हुँदा बजार १२७४.८६ को विन्दुमा पुगेको छ । तर, आज कारोबार रकम बढे बढ्न सकेन । आज जम्म

'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ !'

  • 10 minutes ago
'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ  !'

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, केही वर्ष यता उनको खराब दिनहरु चलिरहेका छन् । उनले रियलमा चाहेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।