IIMS College

ISMT

HUB Education

एकचोटी हेरेको भरमा १३०० भन्दा बढी क्रेडिट कार्डकाे विवरण चाेरी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । प्रविधिको साहारामा डाटा चोरी गर्नु पछिल्लो समय सामान्य काम भएको छ । तर जापानमा एक क्लर्कले एकचोटी हेरेको भरमा १३०० भन्दा धेरै ग्राहकको क्रेडिट कार्डको विवरण याद गरि सारा जानकारी चोरी गरेर सबैलाई अचम्मित पारेका छन् ।

 

प्रहरीका अनुसार उक्त क्लर्क पार्ट टाइमरको रुपमा तनीगुची कोट्टो शहरमा एक पसलमा विवरण इन्ट्री गर्ने काम गर्दथे । उक्त पसलमा जब कुनै ग्राहक आफ्नो क्रेडिट कार्डबाट भुक्तानी गर्दथे, तब भुक्तानी प्रक्रिया चल्दै गर्दा ती क्लर्कले ग्राहकको १६ अंकको नम्बर, नाम, म्याद सकिने मिति र सुरक्षा कोड याद गर्दथे ।

 

क्लर्कमाथि सो तरिकाबाट ग्राहकको सबै विवरण कण्ठस्थ पारी र पछि अनलाइन खरिद गर्ने काम गरेको आरोप लगाइएको छ । उनले ग्राहकहरूको क्रेडिट कार्डको जानकारी प्रयोग गरी २ लाख ७० हजार येन मूल्यको दुई वटा झोला खरिद गरेका थिए ।

 

यस विषयमा ग्राहकहरूले रिपोर्ट गर्न थालेपछि ती क्लर्कले इमेलमा दिएको ठेगानालाई पछ्याई प्रहरीले उनलाई गिरफ्तार गरेका थिए । सो क्रममा उनका साथबाट एउटा नोटबुक बरामद गरिएको र सो नोटबुकमा थुप्रै मानिसहरूको नाम र जानकारीको टिपोट भेटिएको बताइएको छ ।

 

आफ्नो स्मरणशक्तिका आधारमा यस्तो चोरी गर्न सफल क्लर्कको स्मरणशक्तिलाई मानिसहरूले ब्रिटिश लेखक सर अर्थर कोनन डोयलको प्रसिद्ध जासूसी उपन्यासका पात्र शेरलक होम्सको क्षमतासँग तुलनासमेत गरेका छन् ।


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 5 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 7 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 18 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी