लेस्टर र नोटिङहमका नेपालीबीच क्रिकेटमा भिडन्त

  • मंगलबार, २६ भदौ, २०७५
  • 2 weeks ago
  • युके

 

लण्डन । बेलायतको मिडल्याण्डस्थित लेस्टर तथा नोटिङहम क्षेत्रमा बस्ने नेपालीहरुबीच एक मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हालै सम्पन्न भएको छ । ७ सातासम्म चलेको ७ म्याचको टि ट्वान्टी सिरिज ५ खेल जित्दै लेस्टरले जितेको छ । 

 

प्रतियोगिताको पहिलो चरणमा ३ खेल नटिङहम तथा ३ खेल लेस्टरमा सञ्चालन भएका थिए भने फाइनल खेल सेप्टेम्बर ४ तारिखका दिन लेस्टरमै आयोजना भएको थियो । दुवै टिममा स्थानीय युवा, विद्यार्थी तथा व्यवसायीहरुको सहभागिता थियो । 

 

फाइनल खेलमा पहिलो ब्याटिङ गरेको नोटिङहम निर्धारित २० ओभरमा ८० रनको झिनो योगफलमै समेटिएको थियो । जवाफी ब्याटिङ गर्दै लेस्टरले १२ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो । 

 

फाइनल हेर्न लेस्टर र नोटिङहम दुवै क्षेत्रका दर्शकहरु समेत उपस्थित थिए । लेस्टरस्थित श्रृजनशिल लेस्टर नेपाल र नोटिङहम नेपाली समाजले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए । 

 

प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रमका अतिथी नेपालबाट आएका भूपू शिक्षक सुर्यमुर्ति खरेलले पुरस्कार वितरण गरेका थिए ।

 

त्यस अवसरमा श्रृजनशील लेस्टर नेपालका अध्यक्ष बलराम चापागाई,महासचिव पुण्डरी अर्याल,   नोटिङहम ोनेपाली समाजका अध्यक्ष गोविन्द खरेल, एनआरएन यूके सचिव तारानाथ भण्डारी, रणबहादुर केसी, प्रवीण खरेल , दयानिधि सापकोटा, पशुपति पोख्रेल, प्रेम आले मगर , नारायण फुयाँल , बरूण भण्डारी लगायत स्थानीय समुदायका अगुवाहरुको उपस्थिति थियो । 

 

 


थप समाचार

उम्मेदवारको गोलीहानी हत्या

  • 8 minutes ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 30 minutes ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

  • 47 minutes ago
यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।