पारस खड्का र सन्दिप लामिछाने लण्डन पुगेर गरे यस्ताे अपील

तस्बिरः रुपक प्रजापतिबाट

लण्डन । नेपाली क्रिकेट जगतका दुई सुपरस्टार पारस खड्का र सन्दिप लामिछाने अहिले लण्डनमा छन् ।

 

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइतबार नै बेलायत आएर विभिन्न भेटघाटमा व्यस्त बनिरहेका छन् भने बुधबार बिहान लण्डन उत्रिएका सन्दिप लामिछाने विहिबार साँझ लर्डस्मा हुने वेस्ट इण्डिजविरुद्धको मैत्रीपुर्ण च्यारिटी खेलमा विश्व-११ टिमको तर्फबाट खेल्दैछन् ।

 

बुधबार साँझ पारस र सन्दिप दुवैको सहभागितामा लण्डन साउथ ह्यारोको माया पबमा एक मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयाे । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, समुदायका अगुवा, व्यवसायी, पत्रकार लगायतको उपस्थिति त्यस अवसरमा थियो ।

 

कार्यक्रमको सुरुमा क्रिकेटरद्वय पारस र सन्दिपलाई सहभागीहरुले खादा ओढाएर सम्मान गरे । उनीहरुले नेपाली क्रिकेटका दुई सेन्सेसनसँग तस्बिर खिचाउने मौका पनि छुटाएनन् ।

 

लर्ड्समै हुने एक डिनरमा सहभागी हुनुपर्ने भन्दै सन्दिप पहिले नै बाहिरिए पनि पारस भने राती अबेरसम्म कार्यक्रमस्थलमै बसे र सहभागीहरुसँग खुलेर अन्तरक्रिया गरे ।

 

त्यसक्रममा उनले आउँदो जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालको मैत्रीपुर्ण क्रिकेट हेर्न आएर आफुहरूको हौसला बढाइदिन बेलायतबासी नेपालीहरुलाई अपील गरे ।

 

'दुई वर्षअघि लर्ड्समा भएको नेपालको क्रिकेट हेर्न बेलायतका ५६ हजार नेपाली उपस्थित हुँदा हामी खेलाडी मात्र होइन, लर्ड्सकै अधिकारीहरु पनि छक्क परेका थिए । सायद त्यस कारण पनि अहिले हामीले मौका पाउन सजिलो भयो', पारसले भने, 'अब यसपटक त हामीले अझ बढि अपेक्षा गरेका छौं । यसपटक पनि उल्लेख्य उपस्थिति देखाउन सक्यौं भने भविष्यमा अझ ठूलो अवसरको सम्भावना रहन्छ ।'

 

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा माथिल्लो तहमा पुगेको भन्दै पारसले धेरै सम्भावनाहरु रहेको तर त्यहाँसम्म पुग्न थुप्रै आधारहरु बनाउनुपर्ने अवस्था रहेको बताए ।

 

सहभागीहरुले सोधेका प्रश्नहरुमा पारसले जवाफ दिएका थिए । कार्यक्रमको संयोजन प्रशान्त कुँवर र सिद्धार्थविक्रम क्षेत्रीले गरेका थिए । कार्यक्रममा नेपाल फुड्स, ट्राभल कन्सोल, ए स्टार फाइनान्सियल सर्भिस र नेपालीपत्र डटकमको पनि सहकार्य थियो ।

 

कार्यक्रममा लोकप्रिय गायक योगेश्वर अमात्य, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, एनआरएन यूके महासचिव आरके त्रिपाठी, व्यवसायीहरु उत्तम नेपाल, विराज भट्ट लगायतको उपस्थिति थियो ।


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 9 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 9 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 10 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।