तुहियाे नेपालकाे एसिया कप खेल्ने सपना

नेपाली ब्याट्सम्यानहरूकाे कमजाेर प्रदर्शन दाेहाेरियाे

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 weeks ago
  • खेल

काठमाडौँ ।  एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो पराजयसँगै नेपालको एसिया कप खेल्ने सपना तुहिएको छ ।

 

नेपालको पराजयमा यसपटक पनि नेपाली ब्याटिङ लाइन मुख्य कारक रह्यो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरीह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो ।

 

नेपाली ब्याट्सम्यानहरूको कमजोर प्रदर्शनका बाबजूद बलरहरूले भने हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए । 

 

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । 

 

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्ने थियो भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो ।


थप समाचार

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 59 minutes ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 1 hour ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव

एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • 5 hours ago
एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।