मुलपानी क्रिकेट मैदानको विवाद सल्टिएपछि स्थानीयवासीलाई जग्गा उपलब्ध गराइने

  • शुक्रबार, २२ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

काठमाडौँ ।  युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । 

 

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो । 

 

जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नियकाले गर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न गरीबी निवारण मन्त्रालयलाई आग्रह गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । 

 

जग्गा उपलब्ध गराउँदा राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले स्थानीयवासीसँग सहकार्य र सहजीकरण गर्नेछ । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले खेलकूद मन्त्रालयबाट पत्र प्राप्त भएकाले तत्काल कार्यान्वयन गरिने बताए । “मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयनमा लैजान्छौँ,” उनले भने । 

 

निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पश्चिमट्टि १० स्थानीयवासीको ४७ आना जग्गा मुआब्जाबारे शुरुआतदेखि नै विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्ले गत साउन २९ गते जग्गाधनीलाई जग्गाको साटो जग्गा नै उपलब्ध गराउने निर्णय गरेको थियो । 

 

निर्णयसँगै उक्त विवाद समाधान भएको हो । मन्त्रिपरिषद् बैठकले १० जग्गाधनीलाई राखेपको भोगचलनमा रहेको मूलपानी मैदानको गुरुयोजना बाहिरको जग्गा स्थानीयवासीलाई उपलब्ध गराउने निर्णय गरेका छ । 

 

मैदानको पश्चिमपट्टि १७ कित्ता ९४७ आना० जग्गा थियो । हालको कागेश्वरी मनोहरा नगरपालिका–६ का रत्नदेवी श्रेष्ठको चार आना, फूलमाया तामाङको तीन, अनिता गिरीको तीन, बेञ्जु उप्रेतीको तीन, गोमा कार्कीको तीन, नवराज अचार्यको आठ दशमलव दुई, लक्ष्मी बाँस्कोटाको १२, गोविन्दहरि श्रेष्ठको दुई दशमलव दुई, कविता तिम्सिनाको चार दशमलव एक तथा पेमा तामाङको तीन दशमलव दुई आना जग्गा थियो । उनीहरुले जग्गाको सट्टा जग्गा नै पाउने छन् । 

 

 


थप समाचार

बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

  • 23 minutes ago
बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

कञ्जरभेटिभको नेता निर्वाचित जोनसनले बुधबारदेखि नै बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

  • 1 hour ago
बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 1 hour ago
ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।