Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वविश्वका ९ डरलाग्दा रेलमार्गहरु

विश्वका ९ डरलाग्दा रेलमार्गहरु


एजेन्सी । रेलमार्गको विस्तार भएपछि देशको विकासमा पनि उत्तिकै टेवा पुर्याएको छ । विश्वका धेरै देशहरुले यातायातको क्षेत्रमा रेलको विस्तार गरेर विकासको मामिलामा जोड दिने काम गरे । तर, केही रेल मार्गहरु यति खतरनाक ठाउँमा निर्माण गरिएका छन् जसले एक जोखिमपुर्ण यात्राको आभास दिलाउँछन् । आउनुहोस् हेरौ विश्वका ९ डरलाग्दा रेलमार्गहरु

१. जर्ज टाउन लुप रेलमार्ग कोलोराडो

यसको निर्माण १९ औं शताब्दीको अन्त्यमा खानी उद्योगको लागि गरिएको थियो तर आजकाल यसको प्रयोग ग्रिष्म ऋतुमा पर्यटनको लागि गरिन्छ । चट्टानी पहाडमा रहेको यो रेलमार्गले पर्यटकहरुलाई यो क्षेत्रकै उच्च पहाडहरुमा र रोमान्चक क्षेत्रहरुमा पुर्याउछ ।

२. ट्रेन अ लास नुबिस अर्जेन्टिना

‘ट्रेन टु क्लाउड’ पनि भनिने ‘अर्जेन्टिनाको ट्रेन अ लास नुबिस’ को निर्माण आर्थिक विकासको लागि गरिएको थियो । तर आजकाल यो पनि पर्यटनको लागि उपयोग गरिन्छ । यो संसारकै एक उच्च रेलवे सिस्टम मानिन्छ । टोबाको खेती हुदैं अगाडि बढ्ने यो रेलमार्ग होचो गाइवस्तु पालिने ठाँउसम्म जान्छ ।

३. आउटेनिक्वा चुजो टे«न, दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाको यो रेलमार्ग सन् २००६ मा आएको ठूलो बाढीले संरचनाहरु बिगारेपछि सञ्चालन बन्द भएको छ । तर, जतिबेला यो रेलमार्ग सञ्चालनमा थियो । त्यतिखेर यात्रुहरु रेल चढ्नु अघि डरले लामो सास फेर्ने गर्थे ।

४. द डेथ रेल्वे, थाइल्यान्ड

यो रेलमार्गलाई डेथ रेल्वे भनिनुको कारण यसको निर्माणको क्रममा ९० हजार श्रमिकहरु र १५ हजार युद्धबन्दिहरुको मृत्यु भएको थियो । यसको इतिहासले यो रेल्वेमा यात्रा गर्नेहरुको मुटु नै चिसो बनाँउछ ।

५. ब्याम्बु टे«न कम्बोडिया

‘नोरी’ भनेर चिनिने एक ट्रयाकको ब्याम्बु ट्रेन कम्बोडियामा यात्राको लागि प्रभावकारी माध्यम बनेको थियो । यदी अर्को ब्याम्बु टे«न आएमा त्यसलाई रोकेर अर्को ट्रेनलाई पास हुन दिनु पथ्र्यो । सन् २०१४ सम्म ब्याम्बु टे«नको अवशेषहरु भेटिएका थिए ।

६. ह्वाइट पास एण्ड युकोन रुट, अलास्का

यो रेलवे सिस्टमको आफ्नै एक अनौठो इतिहास छ । सन् १८९८ क्लोन्डिक गोल्ड रसको समयमा निर्माण भएको यो रेल्वे बनाउन त्यतिखेर असम्भव मानिएको थियो । यो रेलमार्गले जम्मा २० माइलको दुरीमा ३ हजार फिटको उचाईमा उक्लन्छ । यो असाधारण संरचना भएको रेलमार्गमा साहसी मानिसहरुले मात्रै यात्रा गर्ने आँट गर्न सक्छन ।

७. चेनब रिभर रेल्वे ब्रिज, भारत

निर्माण कार्य चलिरहेको चेनब रेल्वे पुल निर्माण पछि भारतको मात्रै होइन विश्वकै अग्लो रेल्वे पुलको रुपमा चिनिनेछ ।

८. कुरान्डा सिनिक रेल्वे, अष्ट्रेलिया

यो निकै नै सुन्दर दृश्यले भरिपूर्ण रेल्वे अष्टे«लियन ट्रपिकल जगंलहरु, राष्ट्रिय निकुञ्ज हुदैं अघि बढ्छ । यसको निर्माण कार्य सन् १८९१ मा भएको हो र यो अहिले कायन्र्स बाट कुरान्डा सम्म पुग्छ ।

९. दार्जलिङ हिमालय रेल्वे

भारतको पश्चिम बंगालको न्यू जलपाइगुडीबाट दार्जलिङसम्म ७४ किलोमिटर लामो यो रेलमार्ग ब्रिटिस राजको बेलामा बनेको हो । यो रेलमार्गबाट नियाल्न सकिने सुन्दर दृश्यले सबैको मन लोभ्याउछ । यो रेलमार्गमा चल्ने रेल धेरै नै ढिलो छ । क्यारिएजहरुमा पनि धेरै भिड हुन्छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

Techie IT