तस्कर वडाध्यक्षलाई प्रहरीले यसरी बचाउन खोज्यो

काठमाडौँ । सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ।

 

शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो।

 

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीनजना पक्राउ परेको जानकारी केही घन्टापछि दिएको छ। 

 

सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका हुन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।

 

सुरुमा प्रहरीले सुन, ६ वटा मोबाइल र साढे ३४ हजारसहित गाडीचालक मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल खान र मोहम्मद कैयुम राइनलाई सार्वजनिक गरेको थियो । तर, अमिरुल खानले अन्य तीनजना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारोमा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक–दुई घन्टापछि आउनुस् भन्दै एसपी सोपप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए।

 

वडाध्यक्ष मोहम्मद हकिमसहित तीनजनालाई यसरी लुकाउन खोजियो 

 

सुन बरामद भएसँगै सशस्त्र प्रहरीका २ नम्बर बाहिनी बर्दिवासका प्रमुख डिआइजी प्रवीणकुमार श्रेष्ठ पनि सिराहा आइपुगेका थिए । पत्रकार सम्मेलनमा उनले पक्राउ परेकाहरूसँग सुन किनेको बिल रहेको भन्दै एक–दुई दिनमा छुट्ने घोषणा नै गरे ।

 

सुरुमा पक्राउ परेका मोहम्मद कैयुम र अमिरुल खानले आफूहरूले विदेशमा श्रम गरेर फर्किंदा सुन ल्याएको बताएका थिए । कैयुम कतारमा दुई वर्ष बसेर फर्किएको तथा खान कतारबाटै चार महिनाका लागि बिदामा आएको बताउँछन् ।

 

उनीहरूलाई प्रहरीले बोल्न सिकाएको आशंका छ । गाडीचालक रियाजले भने नचिनेको व्यक्तिले आफूलाई झोला थमाएको बताएका छन् । पत्रकार सम्मेलनमै कैयुम र खानले अन्य तीनजना पनि सुन तस्करीमा संलग्न भएको बताएपछि प्रहरीले दुईजनालाई बोल्न सिकाएको र अन्य तीनजनालाई लुकाउन खोजेको खुलेको थियो ।

 

प्रहरी स्रोतका अनुसार राजनीतिक दल र व्यवसायीहरूको प्रभावमा तीनजनालाई लुकाउन खोजिएको थियो । आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

ब्याक गियर नै छैन

  • 7 minutes ago
ब्याक गियर नै छैन

नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि कांग्रेसका नेताहरुमा छटपटि बढ्न थालेको छ ।

प्रकाशमान दंग !

  • 17 minutes ago
प्रकाशमान दंग !

यतिबेला कांग्रेसका नेताहरु जिल्ला दौडाहामा छन् । देउवाकै कारण तीन तहको निर्वाचन हारेपछि आफैँ पक्ष र प्रतिपक्षमा बाँडिएका कांग्रेसका नेताहरुको तारो देउवा बनेका छन् । तर, देउवा भने कुकुर भुक्दै गर्छ, ह

राजेन्द्र महतो ट्वाँ

  • 28 minutes ago
राजेन्द्र महतो ट्वाँ

सरकारमा सहभागी फोरमका उपाध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष महन्त ठाकुरबीच पार्टी एकीकरण गर्ने विषयमा गम्भीर छलफल भएको कुरा बाहिर आएको छ । तर, ती दुई पार्टीबीच एकताको विषयमा गम्भीर छलफलनै भएको छैन



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।