आइतबारका दिन बढी अपराध

भीमदत्तनगर । गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ ।

 

निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । 

 

निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)देखि विभिन्न टोली  सक्रियरुपमा परिचालन भएका  छन् ।

 

पछिल्लो समय बस्ती र टोल/टोलमा प्रहरी साझेदारी कार्यक्रम लिएर जिल्लाभर खटिएको प्रहरी नागरिकसितको समन्वयमा आधारभूत सुरक्षा, लागुऔषध नियन्त्रणदेखि ट्राफिक नियमबारे सचेतना फैलाउन अग्रसर छ ।

 

गत आर्थिक वर्षको अपराधको तथ्याङ्क हेर्दा जिल्लामा बढी अपराध ‘आइतबार’का दिन भएको देखिएको छ । गत आवभर आइतबार मात्रै १२२  आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

बारकै आधारमा सोमबार १०४ अपराध यहाँ भएको देखिन्छ । त्यस्तै शुक्रबार ९२, बुधबार ८८, मङ्गलबार ८४, बिहीबार ७३ र शनिबार ५७ अपराध गत आवमा भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

 

त्यसैगरी समयलाई आधार मान्दा कञ्चनपुरमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको बीचमा बढी त्यस्ता घटना गत वर्ष भएका थिए  । उक्त कार्यालयले अपराधमा १६ देखि २५ वर्ष उमेर समूहका मानिस बढी सम्लग्न भएको देखिएको जानकारी दियो ।

 

गत वर्ष ६३४ मुद्दा दर्ता भएकामा सो समूहका व्यक्ति ३१४ अपराधमा संलग्न रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । ‘एकाध घटना चर्चामा आए पनि सुरक्षाका दृष्टिकोणले यो शान्त जिल्ला नै हो’, उनले भने, ‘समाजको सुरक्षा र अपराध नियन्त्रणका लागि हाम्रो सक्रियाता दिनहूँ बढिरहेकै छ ।’ 

 

प्रहरी नायब उपरीक्षक चन्दले प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरि सञ्चालन भइरहेको जानकारी दिए । ‘टोल र विद्यालयस्तरसम्म समिति गठन भएर बस्तीसम्म पुग्दैछौँ’, उनले भने, ‘समाजको सुरक्षाका निम्ति सबैले प्रहरीसित समन्वय र सहकार्यका निम्ति तयार हुनुपर्छ ।’ 

 

गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याबाट युवायुवतीले ज्यान गुमाएका थिए । ‘यहाँ १४५ जनाले गत वर्ष आत्महत्या गरे’, उनले भने, ‘आत्महत्या गर्ने १६ देखि २५ बर्ष उमेर समूहका युवायुवती बढी थिए ।’ 

 

गत वर्ष जबर्जस्ती करणीका ३४ र जबर्जस्ती करणी उद्योगमा २२ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । तीमध्ये तीनबाहेक अरु मुद्दाका अभियुक्तलाई कारवाहीको दायरामा ल्याइएको थियो । 

 

त्यस्तै लागुऔषधका ४२,  कर्तव्य ज्यानका छ र ज्यानमार्ने उद्योगका २२ मुद्दा प्रहरीमा दर्ता भएका थिए । झण्डै पाँचलाख जनसङ्ख्या रहेको यस जिल्लामा प्रहरीले आफ्नो उपस्थिति पनि बढाउँदै लगेको जनाएको छ ।


थप समाचार

शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

  • 12 minutes ago
शनिबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले शनिबार दिउँसो १ बजे पार्टीको केन्

पाकिस्तानमा कोरोनाभाइरस, यस्तो छ पछिल्लो अपडेट

  • 14 minutes ago
पाकिस्तानमा कोरोनाभाइरस, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्

भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाली प्रधानमन्त्री राजपाक्छे फोनवार्ता

  • 18 minutes ago
भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाली प्रधानमन्त्री राजपाक्छे फोनवार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई कोभिडका विरुद्धमा लड्न आवश्यक सहयोग गर्ने बताएका छन् । उनले आज श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेलाई फोन गरी सो विषयमा जानकारी गराएका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।