Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाई कार्यक्रम

इजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाई कार्यक्रम


एजेन्सी । महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले ‘स्वच्छ बिच’ कार्यक्रम अन्तर्गत भूमध्यसागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको ‘सी गार्ड’ को नेतृत्वमा डाइभहरू पनि सञ्चालन गरिएको छ ।

गत साता जाफाको गिवात आलिया, हर्जलियाको समुद्री तट र दोर(नाचशोलिमको समुद्री तटमा भएको सरसफाई कार्यक्रममा ५५ जना गोताखोरले भाग लिएका थिए । सो सरसफाइ कार्यक्रममा प्लास्टिक, डिस्पोजेबल खाद्य प्याकेजिङ र पेय पदार्थको क्यानबाट बनेको करिब १२० किलो फोहोर सङ्कलन गरिएको थियो। ।

‘क्लिन कोस्ट प्लानु इजरायलमा सञ्चालित समुद्री फोहोरको समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय कार्य योजना हो । य कार्यक्रमले समुद्री फोहोर र विशेष गरी प्लाष्टिक फोहोरबाट हुने खतराहरू रोक्नुपर्ने आवश्यकताका बारेमा सर्वसाधारणलाई जानकारी गराउँछ ।

सन् २०२३ वातावरण संरक्षण मन्त्रालयको स्वच्छ तटीय कार्यक्रमको १८ औं वर्ष हो । कार्यक्रमको उद्देश्य इजरायलमा तटीय र समुद्री फोहोरको खतरालाई न्यूनीकरण गर्नुका साथै वातावरण र जनताको हितका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार समुद्र तट र समुद्र सफा गर्ने कार्य गर्नु हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT