Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थचाडपर्वमा इसेवाबाट कारोबार गर्दा यामाहा मोटरसाइकल जित्ने अवसर

चाडपर्वमा इसेवाबाट कारोबार गर्दा यामाहा मोटरसाइकल जित्ने अवसर


काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले दशैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गरी ‘इसेवा डिजिटल उत्सव’- हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।

यस अफसर अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने कम्पनीले बताएको छ ।

यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँको खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा दुई जनाले यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सक्नेछन् ।

इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन् । साथमा ज्ञ कात्तिकमा इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने छन् ।

त्यसै गरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले RealMe 11x 5G पाउने छन् ।

त्यसका साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३०० रूपैयाँसम्मको क्यासब्याक र सीजी डिजिटलको टिभी समेत जित्न सक्नेछन् ।

बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन् ।

इसेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरू मार्फत क्यू-आर भुक्तानी लिँदा वासिंग मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन् । त्यसै गरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन् ।

विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदार मार्फत इसेवा वालेटमा ५ हजार रूपैयाँ भन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

हिमालयन बैंकको सीईओमा अशोक राणाले पाए निरन्तरता

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार आइतबार प्रतितोला १ लाख ३९

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

Techie IT