तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीको असर

  • शनिबार, २६ साउन, २०७५
  • 1 year ago
  • नेपाल

ललितपुर । तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । 

 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएकोे हो । 

 

न्यानो र चिस्यान बढी हुँदा ढुसी मौलाउने गरेको महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताए । माटोमा खाद्य पदार्थको मात्रा कम हुँदा पनि रोग सक्रिय हुने सम्भावना बढी रहन्छ । उनले भने, “बोटबिरुवाका लागि नभई नहुने तत्व नाइट्रोजन, फोस्फरस र पोटासियम कम हुँदा पनि रोगले आक्रमण गर्दछ ।” 

 

तरकारीखेतीमा राइजोक्टोनिया नामक ढुसी जनित रोग यस्ताखेती गरिने अधिकांश जिल्लामा पाइएको उनले बताए । यो ढुसीका कारण सतप्रतिशतसम्म बाली नोक्सान भएको पाइएको छ । उनले भने, “यो जीवाणुले बोटबिरुवामा आक्रमण गरेपछि बिरुवा ख्याउटै बन्दै गएर उत्पादनसमेत ठप्प हुन सक्छ ।” अनुकूल मौसमसँगै रोग लाग्ने जात र सशक्त जीवाणुको उपस्थिति रोग फैलनुको कारण बनेका छन् । 

 

तरकारीबालीमा पानी हाल्दा पानीको निकासमा ध्यान दिन र आवश्यकताभन्दा बढी पानी हुन नदिन सल्लाह दिँदै वैज्ञानिक मानन्धरले भने, “आवश्यकताभन्दा बढी पानी हुन नदिनका लागि सकेसम्म साझँमा पानी दिनु हुँदैन ।” रोगको जीवाणु पानीबाट पनि सर्ने हुनाले रोगग्रस्त क्षेत्रमा सिँचित पानी रोग नलागेको क्षेत्रमा लैजान हुँदैन । ड्याङमा बाली लगाउने, घुम्ती बाली लगाउने, आवश्यक मात्रामा मलको प्रयोगले र खेतीबारीको सरसफाइले रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । नेपालमा झण्डै एक दशक पहिलेबाट यो रोग देखिन थालेको हो । 

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 4 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 4 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 4 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।