Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘आतङ्कवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण

‘आतङ्कवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण


एजेन्सी । इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ ।

सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई लागु गर्नका लागि कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको जासुसीमाध्यमबाट पत्ता लागेको बताएको छ ।

एक्समा आईडीएफले भनेको छ, “आईडीएफ र आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई आक्रमण गरे, हालै आईडीएफको जासुसी संयन्त्रबाट मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई पूरा गर्नका लागि एउटा कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको थियो भन्ने पत्ता लागेको छ ।”

एक्समा राखेको अर्को पोस्टमा आईडीएफले उसको सेनाले उत्तरी इजराइलमा एन्टी–ट्याङ्क लन्च गर्ने प्रयास गरिरहेको एउटा आतङ्कवादी सेललाई प्रहार गरेको बताएको छ । एक्समा राखेको पोस्टमा आईडीएफले भनेको छ, “हमासले ऊ मानवतावादी सङ्गठन हो भन्ने विश्वास विश्वले गरोस् भन्ने चाहन्छ, उसको जालमा नफसौँ ।”

एक्समा भिडियो पोस्ट गर्दै आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भन्नुभयो, “हमासले पछिल्ला दिनमा विशेषगरेर पछिल्लो २४ घण्मा हिजो दुई बन्धकलाई रिहा गरेर स्वयंलाई विश्वसामु मानवतावादी सङ्गठनका रूपमा देखाउने प्रयास गरिरहेको छ, हमास आईएसआईएसभन्दा पनि खराब छ भन्ने संसारले बिर्सन सक्तैन ।”

इजराइली वायुसेनाले हमासले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै उनीहरूको घरहरूबाट रकेट लन्च गरेको बताएको छ । “हमास आतङ्कवादी सङ्गठनले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दछ र उनीहरूको पूर्वाधार, क्षेत्र र भवनबाट रकेट प्रहार गर्दछ”, वायुसेनाले भनेको छ । रासस-एएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

Techie IT