IIMS College

ISMT

HUB Education

नियमित साइकल चलाउनुहोस्, शरिरलाई हुन्छ यस्ता फाइदाहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आज मानिस विभिन्न रोगको शिकार भइराखेको छ । उक्त समस्या देखिनुमा अस्वस्थ जीवनशैली भएको अध्ययनकर्ताहरु बताउँदै आइरहेका छन् । पछिल्लो समय सबैभन्दा खतरनाक समस्याका रुपमा क्यान्सरलाई हेरिएको छ । क्यान्सरको खतरा कम गर्न चाहनुहुन्छ ? त्यसो भए साइकल चलाउनुहोस् । यसका लागि साइकल अत्यन्तै फाइदाजनक छ । यो कुरा वैज्ञानिक तबरबाटै प्रमाणित भएको छ । एक अध्ययनका अनुसार साइकलको उपयोगबाट मुटुको समस्या र क्यान्सरको खतरा कम हुनसक्ने बताइएको छ । ब्रिटेनमा नियमित आउने जाने साढे २ लाख मानिसहरुमा गरिएको अध्ययनमा देखाएअनुसार सार्वजनिक यातायात वा कारमा यात्रा गर्ने मानिसहरुको तुलनामा पैदल यात्रा गर्ने र दैनिक साइकलिङ गर्नेहरुमा क्यान्सर र मुटुसँग सम्बन्धित समस्या कम भएको छ ।

 

ग्लासगोको टिमले यससम्बन्धि अनुसन्धान गरेको थियो । उक्त टिमका अनुसार एकपटक नियमित कामकाजको हिस्सा बनिसकेपछि साइकल चलाउनका लागि जीम जान जस्तो दैनिक इच्छाशक्तिको आवश्यक पर्देन । र यो मानिसको स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक साधन र व्यायामका रुपमा पनि रहेको छ । पाँच बर्षको अध्ययनमा सक्रिय रहने मानिसहरुको तुलना सधै स्थिर रहिरहने मानिसहरुसँग गरिएको थियो । उक्त अध्ययनमा संलग्न मानिसहरुमध्ये २४३० मानिसहरुको मृत्यु भयो । ३७४८ मानिसलाई क्यान्सर भयो र १११० मानिसहरुलाई मुटुसँग सम्बन्धित समस्या देखिएको थियो ।

 

तर अध्ययन गर्दाको समयमा देखिए अनुसार लगातार साइकल चलाउनेहरुलाई यस्ता कुनै पनि प्रकारबाट हुने मृत्युको खतरा ४१ प्रतिशतसम्म कम भएको बताएका छन् । यसमा पनि क्यान्सरको मामलामा ४५ प्रतिशत र मुटुको समस्याको खतरा ४६ प्रतिशत कम हुने रहेको छ ।

 

अनुसन्धानमा संलग्नमध्ये साइकल चलाउनेहरुले एक हप्तामा औसत करिब ४८ किलोमिटर साइकल चलाए तर यो भन्दा पछि पनि उनीहरुले जति साइकल चलाए त्यो उनीहरुको स्वास्थ्यका लागि बरदान प्रमाणित भएको छ । पैदल हिड्दा मुटुको समस्या हुनमा कमी आएको थियो तर बढी मात्रामा फाइदा तिनीहरुलाई नै भयो जो हप्तामा कम्तीमा दस किलोमिटर पैदल हिडेका हुन्छन् ।

 

ग्लासगो यूनिभर्सिटिका प्रोफेसर डा। जेसन गिलले भने, जो मानिसहरु सक्रिय तरिकाबाट यात्रा गर्दछन् । त्यसमा पनि जो साइकलको यात्रा गर्दछन्, उनीहरुलाई विभिन्न रोग लाग्न सक्ने खतरा कम हुने गर्दछ । यो एउटा प्रमाणको रुपमा प्रस्तुत भइसकेको छ ।

 

उनले भने, यदि तपाई दैनिक काममा जानु हुन्छ भने साइकललाई यसको हिस्सा बनाउनुहोस् र स्वास्थ्य स्थिति सुधार्नुहोस् । क्यान्सरबाट बच्नका लागि साइकलिङलाई सबैभन्दा उत्तम तरिकाका रुपमा लिइएको छ । तौल घटाउनदेखि क्यान्सरको खतराबाट जोगिनेसम्मका कार्यका लागि साइकल सबैभन्दा फाइदाजनक मानिएको छ ।


थप समाचार

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, यस्तो छ धार्मिक महत्व

  • 3 minutes ago
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, यस्तो छ धार्मिक महत्व

तम्घास । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

  • 8 minutes ago
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छ

अब अविवाहित एकल महिलालाई पनि भत्ता दिइने

  • 12 minutes ago
अब अविवाहित एकल महिलालाई पनि भत्ता दिइने

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेक



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।