गृहपृष्ठ ∕
खेल ∕
नेपाल सुपर लिग फुटबल: धनगढीले वीरगञ्जलाई हरायो नेपाल सुपर लिग फुटबल: धनगढीले वीरगञ्जलाई हरायो
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए ।
त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।
त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे ।
जितसँगै धनगढीले प्रतियोगितमा तीन अङ्क जोडेको छ । भोलि झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ
काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश
काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्