गाेंगबुमा ग्याँस सिलिण्डर पड्किँदा एकजनाकाे मृत्यु

फाइल फाेटाे

काठमाडौँ । काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । 

 

आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङकाे उपचारका क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । 

 

दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर उद्योगमा आगलागीसमेत भएको छ ।

 

आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताए । 


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 7 minutes ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 20 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 34 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।