बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

सांकेतिक तस्वीर

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ । 

 

बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्षअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । 

 

सो कार्यक्रमअन्तर्गत बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले बच्चाको नाममा रु. पाँच हजार सहकारीमा जम्मा गर्नु पर्नेछ । 

 

गाउँपालिकाले रु. पाँच हजार र बच्चाको अभिभावकले रु. दुई हजार रकम सहकारीमा जम्मा गर्नुपर्ने प्रावधान तयार पारेको गाउँपालिकाका प्रमुख खेमराज ओलीले जानकारी दिए । 

 

बर्थिङ सेन्टरमा जन्मिएको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्रका आधारमा उक्त रकम सहकारीमा जम्मा गरिनेछ । 

 

सहकारीमा जम्मा भएको रकम स्थानीयस्तरमै उद्यम गर्ने व्यक्तिलाई वार्षिक १५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिने बताइएको छ । बच्चाको नाममा वार्षिक १२ प्रतिशतले रकम जम्मा गर्नुपर्नेछ । 

 

अध्यक्ष ओलीले एक बच्चाको रु. सात हजारको ६ महिनाको ब्याज रु. ४२० हुने र रकम साँवामा जोडिने बताए । बच्चाका नाममा जम्मा गरिएको उक्त रकम २० वर्षमा रु. ७१ हजार ७ सय ४२ पुग्नेछ । 

 

बच्चाको नाममा जम्मा गरिएको रकमले गाउँपालिकाभित्र उद्यमी तयार हुने भएकाले स्थानीयस्तरमै रोजगारीका अवसर सृर्जना हुनुका साथै महिला सहकारीको कारोवार बढ्ने उनको भनाइ छ । 

 

कोषलाई प्रभावकारी बनाउन महिला सहजकर्ता पनि नियुक्त गरिएको छ । सहजकर्ताले गाउँगाउँमा अभियान चलाउनेछन् । सो कार्यक्रम सञ्चालनका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले रु. २० लाख बजेट विनियोजन गरेको छ । 

 

कार्यक्रम मङ्सिर १ गतेदेखि शुरु गरिने छ । उक्त गाउँपालिकामा हरेक वर्ष करिब ५०० बच्चाको जन्म हुने गरेको छ । कार्यक्रम सञ्चालनका लागि महिला तथा बालबालिका एकाइले महिला सहकारी, सहजकर्ता र जनप्रतिनिधिसँग परामर्श गरिसकेको छ । 


थप समाचार

बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

  • 54 minutes ago
बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीमा प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत सुरक्षित गरेकी छन् । भर्खरै सार्वजनिक नतिजाअनुसार कञ्जरभेटिभ पार्टीका कुल ३ सय १७ सांसदमध्ये २ सय जना सांसदको मत प्

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।