दाङमा नेकपाका १५३ जिल्ला सदस्यलाई सपथ ग्रहण गराइयो

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्यले घोराहीमा आज        (बुधबार) सपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले औपचारिक कार्यक्रमको आयोजना गरेर १५३ जना जिल्ला सदस्यलाई सपथ ग्रहण गराएको हो ।  

 

नेकपाका प्रदेश ईञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला सदस्यलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण पश्चात मुख्यमन्त्री तथा प्रदेश ईञ्चार्ज पोखरेलले समाजबादका आधारमा तीन तहका सरकारले काम गरीरहेको भन्दै त्यसलाई सहयोग गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । 

 

मौलिक समावादलाई नेकपाले बिचारका रुपमा लिएको भन्दै चीन र रुसको जस्तो समाजवाद नभएको दाबी गरे । स्थानीय, प्रदेश र संघीय सरकारका क्रियाकलापलाई नजिकबाट चियोचर्चा गर्न आग्रह गर्दै जनप्रतिनिधिलाई सही दिशामा ल्याउनका लागि नेता कार्यकर्ता चनाखो हुन जोड दिए ।

 

यस्तै नेकपाका प्रदेश अध्यक्ष ओनसरी घर्तीले दुई पार्टीबीचको एकता कार्यमा केही बिलम्ब भएको स्वीकार गर्दै अब छिट्टै सबै तहमा नेता कार्यकर्ताको ब्यबस्थापनसहितको काम हुने दाबी गरिन् । पार्टी एकतामा केही ढिला भएको हो शीर्ष नेतृत्वले गम्भिर भएर काम गरीरहेको छ अब केही दिनमा सबै काम सकिन्छ घर्तीले भनिन् ।

 

यस्तै कार्यक्रममा प्रदेश सचिव जगप्रसाद शर्माले पालिका र जिल्ला तहमा एकताका काम सकिएका भन्दै वडास्तरमा एकताको सन्देश दिनका लागि सहभागी नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । जिल्ला कमिटी सदस्यका लागि पुर्ब माओवादी केन्द्रबाट ६९ र नेकपा एमालेबाट ८४ जना सदस्य चयन गरिएको छ । यसअघि अध्यक्ष र सचिब पदमा नेकपा एमाले माओवादी केन्द्रबाट क्रमशः टीकाराम खड्का र तुल्सीराम पुन सुबासलाई चयन गरिएको छ ।


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 4 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 6 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।