उपचारका क्रममा शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ

Education Park

लमही । उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

 

अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका–१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

 

माइतीघर आएको अवस्थामा छोरा बिरामी भएपछि मेडिकल लगिएको र मेडिकलमा लग्दा ‘सिफन्टल ०.२६ एमजी र डिक्सोना ०.२ एम्जी’ मिसाएर सिरिञ्ज लगाएपछि शिशु बेहोस भएपछि  थप उपचारका लागि लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल लगिएको अवस्थामा मृत्यु भएको हो ।  

 

शिशुको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्नसक्ने भन्दै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । 

 

‘अरू केही होइन, बच्चाको उपचारको क्रममा मृत्यु भयो, बच्चाको मृत्यु भएपछि आफन्तले मेडिकल सञ्चालकलाई अभद्र व्यवहार गर्छन भनेर नियन्त्रणमा लिएका हौँ’, उनले भने । (रासस)


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 1 minute ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 4 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 9 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।