कम्लहरी मुक्तिकाे पाँच वर्ष, अझै करिब सय कम्लहरी मुक्त हुन बाँकी

दाङ । सरकारले पश्चिम नेपालका कम्लहरीलाई मुक्त घोषणा गरेको पाँच बर्ष बितिसक्दा समेत ९७ जना कम्लहरी बसेका छन् । 

 

सरकारले २०७० असार १३ गते मुक्त कम्लहरी राष्ट्र घोषणा गरे पनि विभिन्न जिल्लामा ९७ जना अहिले पनि कम्लहरी बस्न बाध्य भएका हुन् । 

 

दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा ९७ जना बालिकाहरू कम्लहरी बसेको जनाइएको छ । मुक्त कम्लहरी बिकास मञ्चका अनुसार सबैभन्दा धेरै बर्दियामा ३६ जना कम्लहरी बसेका छन् । 

 

यस्तै कैलालीमा २८, दाङमा २१, कञ्चनपुरमा ७ र बाँकेमा सबैभन्दा कम ५ जना कम्लहरी बसीरहेको मुक्त कम्लहरी बिकास मञ्चका अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् । 

 

मुक्तिको पाँच बर्षसम्म पनि ९७ जना कम्लहरी बसेको भन्दै उद्धारका लागि राज्यलाई ध्यानाकर्षण गराएको अध्यक्ष चौधरीले जानकारी दिइन् । 

 

मुक्त कम्लहरी विकास मञ्चले असार महिनाभित्र सबै कम्लहरीहरुलाई उद्धारका लागि पहल गर्न स्थानीय तहदेखि मन्त्रालयसम्म जानकारी गराएको अध्यक्ष चौधरीले बताइन् । 

 

असार महिनाभित्र उद्धार नभएमा आफुहरू आन्दोलनमा जाने समेत अध्यक्ष चौधरीले चेतवानी दिइन् । 

 

यस्तै मुक्त भएका कम्लहरीलाई परिचय पत्र प्रदान गर्नका लागि ९ हजार बढीको स्वीकृत भए पनि वितरणमा ढिलाई भएको जनाएको छ । हालम्म छ सय ८१ जनाले मात्रै परिचय पत्र प्राप्त गरेको भन्दै बाँकीलाई तत्काल बितरण गर्न मञ्चले आग्रह गरेको छ । 

 

पाँच जिल्लाका १२ हजार आठ सय ६९ जना कम्लरीहरुमध्य नेपाल सरकारले ९ हजार ४ सय ७५ जना कमलरीलाई परिचय पत्र प्रदान गर्ने स्वीकृत गरेको छ ।

 


थप समाचार

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 7 minutes ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि

पुलिसलाई हराउँदै च्यासलले जित्यो उपाधि राइनो गोल्डकपको उपाधि

  • 12 minutes ago
पुलिसलाई हराउँदै च्यासलले जित्यो उपाधि राइनो गोल्डकपको उपाधि

कावासोती । एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार

किन झमझमाउँछ खुट्टा ?

  • 16 minutes ago
किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।