पुल निर्माण सुस्त गतिमा, निर्धक्क यात्रा गर्न पाएनन् दाङवासीले

दाङ । साउन २० गते आएको बाढीले ग्वार खोलामा बस पल्टाउँदा केही यात्रुहरु घाइते भए । यस्तै साउन २७ गते रातीदेखि आएको लगातारको बर्षाले साउन २८ गते जिल्लाको यातायात सेवा अवरुद्ध भयो । यस्तै नियती बिगतका बर्षहरुमा दाङवासीले भोगेकै हुन् । तर यसको दीर्घकालीन समाधानतिर कसैको ध्यान जान सकेको छैन ।

 

जिल्लावासीले लमहीदेखि तुलसीपुरसम्म रहेका दर्जनौ खोलाहरुले गर्दा वर्षाको समयमा निर्धक्कसँग यात्रा गर्न नपाएको बर्षौं भयो तर त्यसको समाधान हुन सकेको छैन । जसले गर्दा दंगालीले हरेक बर्ष ज्यान समेत जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता अहिले पनि हटेको छैन ।

 

जिल्लामा रहेका पानीमुनिका पुल नहटाउँदासम्म जोखिम मोलेर गर्नुपर्ने यात्रा हट्न नसक्ने पक्का छ । जिल्लामा रहेका बबई, सिस्ने, कटुवा, सेवार, पत्रे, हापुर, गुर्जे, संक्राम, ग्वार र कालाखोलाका कारण यात्रा बर्षाको समयमा निकै सकस हुने गरेको छ । यसको समाधानका लागि बबई, कटुवा, पत्रे, गुर्जे, संक्राम, ग्वार खोलामा पुल निर्माणको काम पनि भइरहेको छ । तोकेको समयमा पुल निर्माण नहुदा झनै समस्या भएको छ ।

 

पुल निर्माणका क्रममा भएको कजवे समेत भत्काएपछि झनै समस्या भएको छ । भरपर्दो डाइभर्सन नहुँदा र समयमै पुल निर्माण नहुदा जिल्लावासीले झनै ठूलो समस्या भोग्दै आएका छन् । यसको समाधानका लागि जिल्लाका सरोकारवालाले सडक डिभिजन, स्थानीय प्रशासन र निर्माण व्यवसायीको ध्यानाकर्षण गराए पनि यो बर्षामा पनि आन्तरिक नाकाबन्दीमा बस्न दाङवासी बाध्य भएका छन् ।

 

जिल्लामा कामको जिम्मा लिएका निर्माण व्यवसायीले गृह मन्त्रालयको निर्देशनमा स्थानीय प्रशासनले जेठको दोस्रो हप्तामा पक्राउ गरेर छलफल समेत गर्‍यो । पक्राउ परेका निर्माण ब्यबसायीहरुले असार महिनामा आफुले जिम्मा लिएका कामलाई पुरा गर्ने प्रतिबद्धता जनाए पनि तर साउन महिना बित्न लाग्दा समेत कामले पूर्णता पाउन सकेका छैनन् । गृह मन्त्रालयले विकास निर्माण ढिलाईको अन्त्यका लागि प्रयास गरे पनि त्यसले सार्थकता पाउन नसक्दा जिल्लावासीले यस बर्ष पनि बर्षाका कारण समस्या भोग्नु पर्‍यो ।

 

जेठको पहिलो हप्ता स्थानीय प्रशासनले एक्सन लियो, निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाए, उनीहरुलाई कागज गराएर छोडियो । तर, काम भएन यात्रुले यात्रा गर्न सकेनन् । वर्षाका कारण बढेका खोलाले गर्दा यात्रुले यात्रा गर्न सकेनन् । काम नगर्ने व्यवसायीलाई स्थानीय प्रशासनले केही गर्न सकेको छैन ।

 

जिल्लामा काम समयमै गर्छौ भने काम नगर्ने ब्यबसायीलाई के हुन्छ भन्दा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले केही दिनमा काम गर्न नसक्नुका बारेमा सबैसँग छलफल गर्ने जानकारी दिए । के कारणले काम हुन नसकेको हो त्यसका बारेमा हामीहरुले व्यवसायी, सरोकार राख्ने कार्यालय, पत्रकार, नागरिक समाज सबैलाई भेला गराएर छलफल गराउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी लिने बताए । 

 

जनताले कहिलेसम्म दुख पाउने हुन् यसको जवाफ खोज्न शुरु भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘कसले गर्दा काम हुन नसकेको हो, त्यसलाई छलफल गरेर निकास निकाल्ने काम केही दिनमा हुन्छ । रकम अभाव भयो की कच्चा पदार्थ नपाइएको हो यसको यथार्थ छानबीनका लागि सरोकारवालासंग छलफल भइरहेको छ ।' 

 

जिल्लामा ढिला गरी काम गर्ने व्यवसायीलाई पक्राउ गरेर कागज गरी छोडे पनि स्थानीयले भने त्यसको प्रतिफल नपाएको बताएका छन् । स्थानीय प्रशासनले निर्माण व्यवसायीलाई पक्राउ गर्‍यो, हातमा सुन्य पर्‍यो बबईका झग्गु भण्डारीले भने, ‘‘खोलामा पुल नहुदा हामीले कतिञ्जेल दुख पाउने ?’’ 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 6 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 3 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 8 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।