खोलाजन्य पदार्थ खुला नहुँदै डम्पीङ सुरु

दाङ । दाङमा खोलाजन्य पदार्थको खुला नहुदै डम्पीङ गर्न सुरु गरिएको छ । जिल्लामा जिल्ला समन्वय समिति र स्थानीय तहले खोलाजन्य पदार्थ निकासीका लागि खुला गर्ने भए पनि त्यसअघि नै खोलाजन्य पदार्थ डम्पीङ गर्न सुरु गरिएको हो ।

 

स्थानीय तहमा प्राकृतिक दोहन कम गर्नका लागि हरेक बर्ष जिल्ला समन्वय समितिले सार्बजनिक सुचना प्रकाशित गरेर आईई र इआईए गरेर मात्रै खोलाजन्य पदार्थ निकासी कानूनी प्राबधान रहे पनि शान्तिनगरमा ढुंगा डम्पीङ गर्न सुरु गरिएको हो । शान्तिनगरको बिष्णुपुरमा डुंगाजन्य पदार्थ डम्पीङ गरिएको छ ।

 

शान्तिनगर गाउँपालिका वडा नम्बर २ को बिष्णुपुर क्षेत्रमा रहेको जंगल आसपासमा एक सय बढी ट्याक्टर ढुंगा डम्पीङ गरेको अबस्थामा राखिएका छन् । ढुंगा स्थानीय केही ब्यक्तिले डम्पीङ गरेर राखेको जनाइएको छ । दुई सय मिटर आसपासमा ढुंगा डम्पीङ गरिएको स्थानीयले बताएका छन् ।

 

बिष्णुपुर क्षेत्रमा डम्पीङ गरिएका ढुंगाका बारेमा प्रदेश सांसद उत्तरकुमार वलीले चासो दिएका छन् । ढुंगा डम्पीङ गरेर राख्नेलाई कारबाही र राजश्व राज्यको नाममा जम्मा गर्न प्रदेश सांसद उत्तरकुमार वलीले सरोकार राख्ने निकायलाई आग्रह गरेका छन् । बहुला खोला क्षेत्रमा निकासी गरेर ढुंगा डम्पीङ गरेको हुन सक्ने स्थानीयले बताएका छन् ।

 

पश्चिम क्षेत्रमा खोलाजन्य पदार्थको चोरी निकासी गर्न सहज भएकाले यस्तो कार्य हुन सक्ने एक स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७४÷०७५ मा खोलाजन्य पदार्थ चोरी निकासीमा कडाई गरे पनि आर्थिक बर्ष सुरु भएको मौकामा त्यसक्षेत्रमा ढुंगा डम्पीङ भएको छ ।

 

यता जिल्ला समन्वय समितिले उक्त क्षेत्रमा डम्पीङ गरेर राखेका ढुंगा कति परिणाम छन् भन्ने बारेमा केही दिनमा अनुगमन गरे जानकारी लिने जनाएको छ । त्यसका लागि जिल्ला समन्वय समितिले जिल्ला सदस्य जक्तबहादुर बस्नेतलाई जिम्मेवारी दिएको छ । बुधबार अनुगमन गर्ने भनिए पनि बर्षाका कारण जान नसकिएको जिल्ला सदस्य जक्तबहादुर बस्नेतले जानकारी दिए ।

 

उता ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख डाक्टरप्रसाद चौधरीले यसका बारेमा जानकारी लिन खोज्दा फोन उठाएनन् । चौधरीको अफिसियल नम्बर ९७५८५००४४९ मा सम्पर्क गर्दा फोन उठेन । त्यसक्षेत्रमा ढुंगा डम्पीङ हुदा स्थानीयले त्यसको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । यस्तै डम्पीङ गरेर राखेका ढुंगाको राजश्व छली हुन सक्ने भन्दै तत्काल नियन्त्रण लिन आग्रह गरिएको छ ।


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 5 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 5 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।