सडक डिभिजनका हाकिमलाई किन थर्काए घोराहीका मेयरले ?

दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगर क्षेत्रका पुल तथा सडकको अवस्था नसुधारिएको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुखसँग त्यसको जवाफ माग गरेका छन् । 

 

मंगलबार सहकर्मी जनप्रतिनिधि, नागरिक समाज, पत्रकारहरुसहित सडक डिभिजन कार्यालय पुगेका चौधरीले सडकको अवस्था नसुध्रिनुको कारण खोजेका हुन् । 

 

आफ्नो नगरक्षेत्रमा सडक तथा पुल निर्माणमा ढिलाई भएपछि आलोचना खेप्नु परेको भन्दै नगर प्रमुख चौधरीले त्यसको आक्रोश पोख्न सडक डिभिजन कार्यालय पुगेका थिए । 

 

विकास निर्माणमा काम ढिला सुस्ती गरेको भन्दै त्यसको जिम्मेवारी कसको हो भन्ने जवाफ दिन आग्रह गरेका छन् । चौधरीको प्रश्नमा सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले काम भइरहेको र संघीय सरकारका कारण ढिलाई भइरहेको बताएका छन् । 

 

पैसाको अभावका कारण समस्या भएको बताएका प्रमुख शर्माले आवश्यक बजेट नहुँदा समस्या रहँदै आएको बताएका छन् । साथै बजेट कसले किन र कसरी प्राप्त नभएको भन्ने पनि प्रमुख शर्मालाई सोधेका छन् । 

 

सडक डिभिजन कार्यालय मार्फत् सञ्चालन भएका कार्यले समस्या बनाएको भन्दै नगरप्रमुख चौधरीले शर्मालार्इ जिम्मेवारीबाट नपञ्छिन पनि आग्रह गरेका छन् ।


थप समाचार

बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

  • 16 seconds ago
बेल्जियम जाने भएपछि विमल घर्तीमगरले 'ए' डिभिजन लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

  • 20 minutes ago
फलफुल बाेकेकाे मिनिट्रक दुर्घटना, चालक गम्भीर घाइते

प्यूठान । बडडाँडा–दर्भान सडकखण्ड अन्तर्गत पाकुरी खोलामा फलफुल बोकेको मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

  • 32 minutes ago
अन्ततः प्रहरीको फन्दामा परे साइको किलर सुनिल

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कार र हत्या लगाएतका जघन्य अपराधहरुले सीमा नाघिसकेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।