IIMS College

ISMT

HUB Education

यी हुन् विश्वका सबैभन्दा डरलाग्दा एयरपोर्टहरु, लुक्ला पहिलो स्थानमा

  • आइतबार, १ बैशाख, २०७६
  • 6 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

यदि तपाई प्लेन चढेर यात्रा गर्नुहुन्छ भने तपाईलाई रनवेको महत्वबारे बढी चासो हुन्छ । रनवे सजिलो छ भने यात्रा सहज र सुरक्षित हुन्छ । यदी रनवे नै कठिन छ भने यात्रा निकै डरलाग्दो हुन्छ । विश्वका कतिपय ठाउँहरुमा एकदमै डरलाग्दा एयरपोर्टहरु रहेका छन् जुन निकै डरलाग्दा छन् ।

 

५. आइस रनवे, अन्टार्टिका

 

 

अन्टार्टिकाको सबैभन्दा ठूलो रनवे आइस रनवे हो । उक्त रनवे समुन्द्री सतहभन्दा केवल १ फिट मात्रै माथि छ । रनवेको लम्बाइ भने १० हजार फिट रहेको छ । रनवेमा कुनै रेखा तथा संकेतहरु कोरिएका छैनन् । रनवे हिउँजस्तै सेतो रहेको कारणले गर्दा पाइलटलाई प्लेन अवतरण गर्न एकदमै कठिन हुन्छ । 

 

४. सावा एयरपोर्ट, नेदरल्याण्डस्

 

क्यारेबियन टापुमा एउटै मात्र एयरपोर्ट रहेको छ त्यसको नाम हो सावा द जुवान्चो एयरपोर्ट । विश्वको सबैभन्दा छोटो रनवे भएको एयरपोर्ट पनि यहि नै हो । यसको लम्बाई मात्र ३९६ मिटर रहेको छ । यसको लम्बाई छोटो रहेकै कारणले यो खतरनाक एयरपोर्टको सूचिमा परेको हो । 

 

३. कान्साई एयरपोर्ट, जापान

 

निकै रोचक तर खतरनाक एयरपोर्टको नाम हो कान्साई एयरपोर्ट जुन जापानको ओसाकामा रहेको छ । एयरपोर्ट समुन्द्रभन्दा जम्मा ५ मिटर मात्रै माथि रहेको छ । उक्त एयरपोर्टमा जम्मा दुईवटा रनवे रहेका छन् । जसमा एउटाको लम्बाई जम्मा ३५०० मिटर र अर्कोको ४००० मिटर रहेको छ । यदि ल्याण्ड गर्ने बेलामा पाइलटले सामान्य मात्रै गल्ती गर्यो भने प्लेन सिधै समुन्द्रमा खस्छ । 

 

२. मेडिरा एयरपोर्ट, पोर्चुगल

 

मेडिरा एयरपोर्ट समुन्द्री सतहभन्दा केवल १९० फिटको उचाईमा रहेको छ । ९१२४ फिट लम्बाई रहेको उक्त एयरपोर्ट पूल जस्तै रहेको छ । रनवेको चौडाई धेरै नभएको कारणलगर्दा प्लेन ल्याण्ड गर्दा दुर्घटना हुने सम्भावना बढी छ । अनुभवी पाइलटहरुको अनुभव सुन्ने हो भने उनीहरुलाई उक्त रनवेमा ल्याण्ड गर्न निकै गाह्रो लाग्छ । 

 

१. लुक्ला एयरपोर्ट, नेपाल

 

नेपालको सोलुखुम्बु जिल्लामा रहेको लुक्ला एयरपोर्ट संसारको सबैभन्दा डरलाग्दो एयरपोर्ट हो । समुन्द्री सतहभन्दा ९१०० फिटको उचाइमा रहेको एयरपोर्टको रनवेको लम्बाई ४६० मिटर रहेको छ । पाइलटले एयरपोर्टमा ल्याण्ड गर्न लगेपछि ल्याण्ड गर्नुको बिल्कल्प हुँदैन । 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 53 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 56 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 59 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।