दर खाँदा सयौँ गाउँले बिरामी भएपछि...

  • शनिबार, २३ भदौ, २०७५
  • 7 months ago
  • नेपाल

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका छन् ।

 

दर खान गएकी गीता खनालले भन्नुभयो “गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउने क्रममा रहेको छ ।” अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दरखाने क्रममा बिरामी परेको बताइन् । “सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ ।” उनले भनिन्, “खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।” 

 

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताइन् । खरेलले भने, “झण्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।” 

 

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीका घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक र बनेपा धुलिखेलका अस्पतालमा गरी २००० भन्दा बढीको उपचार भइरहेको छ । कोही आफ्नै ढङ्गले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । सामूहिक भोजमा भएका कारण एकै पटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेकाले सङ्ख्या एकीन हुन नसकेको गिरीले बताए । उनका अनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीय बासिन्दाले जानकारी दिएकाले ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ । 

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौँस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ । 

 

पत्रकार ईश्वरी राजकुमार मैनालीका अनुसार पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रबाट बिहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनभावना प्राथमिक विद्यालयको प्राङ्गणमा उपचार गरिरहेको छ । 


थप समाचार

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 12 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 27 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

  • 31 minutes ago
अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेक



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।