Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’


बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन् । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन् ।

गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याएका छन् । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउँछन् । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो ।

विसं २०७५ देखि नै पार्टी राजनीतिसँगसँगै आरन उद्योगमा समेत उनले आफैँ काम गर्न थालेका थिए । करिब एक रोपनी जग्गामा मासिक रु सात हजार शुल्क तिर्ने गरी भाडामा लिएका उनले आरन उद्योगसँगसँगै सामग्री बिक्रीकक्षसमेत सञ्चालन गरेका छन् ।

केही वर्षअघिसम्म पार्टीको राजनीतिक गतिविधिमा सक्रिय हुने उनी अहिले आफ्नै पौरखको पेसामा फर्किएका छन् । ‘‘हरेक दिन आरनकै काम गर्नेमा मेरो समय खर्चिएको छु, कहिलेकाहीँ पार्टीको बैठक, भेला, प्रशिक्षणहरूमा भाग लिनुपर्दा मात्रै यहाँ आउन सक्दिनँ, पार्टीको नेतृत्व पनि अधिवेशनबाट हस्तान्तरण गर्ने योजनामा छु”, उनले भने ।

जिल्लामा पार्टी सङ्गठनको आकार ठूलो नहुँदा राजनीतिक गतिविधिसमेत कम हुने र घरपरिवारको जीविकोपार्जनका लागि पनि अन्य स्रोत नभएपछि विश्वकर्माले आरन उद्योगलाई पेसा–व्यवसायको रूपमा रोजेका थिए । सङ्घीयता नआउँदै जिल्लास्तरमा राजनीतिक दलका नेताहरू बैठक, अन्तक्र्रिया, सभा, समारोह, योजना, अनुगमनलगायतको क्षेत्रमा समेत व्यस्त बन्ने गरेको भए पनि स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जिल्लास्तरीय नेताहरूको भूमिका खुम्चिएको छ ।

पार्टी कामबाहेक अन्य समय फुर्सदिलो हुने भएकाले आफूले आरन उद्योग खोलेको नेता विश्वकर्मा बताए । सुरुआतमा रु तीन लाख लगानीबाट आरन सञ्चालन गरेका विश्वकर्माले परम्परागत आरनलाई आधुनिकीकरणसमेत गरेका छन् । पहिले फलाम काट्ने, जोड्ने र धार लगाउने सबै काम हातले नै गर्नुपर्ने भए पनि अहिले भने फलाम काट्ने, जोड्ने र धार लगाउन मेसिनको प्रयोग गर्ने गरेको उनले बताए ।

विश्वकर्माको आरन उद्योगलाई मालिका गाउँपालिकाले परम्परागत आरन आधुनिकीकरण गर्ने कार्यक्रमअन्तर्गत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामग्री निर्माण हुने गरेको छ । उद्योगमा आफूसँगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताए । एक्लैले सामग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उनले जानकारी दिए ।

‘‘राजनीति सेवा हो, घरिवार चलाउन त पेसा अँगाल्नै पर्यो, आफूले गरेको पेसाले पुख्र्यौली पेसाको संरक्षण र कृषि उत्पादनमा टेवा पुर्याओस् भन्ने चाहनाले आरन खोलेको हुँ”, उनले भने । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको उनले बताए । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुवा–आमा, दुई छोरा र श्रीमतीसहित छ जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

आरनमा आवश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामग्री र औजारको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामग्रीको मूल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाइएको सामग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मूल्यका सामग्रीसँग प्रतिस्पर्धा गर्न कठिनाइ हुने गरेको उनको अनुभव छ ।

परम्परागत सीपको उपयोग हुने आरन पेसा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले अरु पेसा व्यवसायको विकल्प हुँदाहुँदै आरनमा लागेको विश्वकर्माले बताए । जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ वर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिएका उनले सात वर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हालेका छन् । नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रूपमा परिचित छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT