दशैंको सिजनमा बेलायतबाट नेपाल जानेको संख्या तेब्बर, टिकट मुल्य दोब्बर

  • बिहीबार, २५ असोज, २०७५
  • 2 months ago
  • युके

 

लण्डन ।  नेपालीहरुको महान पर्व बडादशैं सुरु भइसकेको छ । यहि महान पर्व आफ्नो परिवार र आफन्तहरुसंग मनाउन यतिबेला देश, विदेशमा रहेका धेरै नेपालीहरु आफ्नो गाउं, घर फर्किने चटारोमा छन् । 

 

दशैंको यो सिजनमा बेलायतबाट नेपालतर्फ जानेहरुको संख्या पनि अरु बेलाको तुलनामा निकै बढ्ने गरेको पाइएको छ । लण्डनस्थित ट्राभल एजेन्ट कम्पनी ट्राभल कन्सोलका निर्देशक बिराज भट्टका अनुसार अरु अफ सिजनका सामान्य महिनाको तुलनामा यो अक्टोबर महिनामा बेलायतबाट नेपाल जानेहरुको संख्या झण्डै तेब्बर बढि हुने गरेको छ । 

 

वर्षभर विदेशमा काम गर्नेहरु दशैंतिहारको मौका छोपेर कमसेकम यो एक महिना भएपनि आफ्नै घर र परिवारको साथमा फर्किन चाहन्छन् । त्यसैको फलस्वरुप अरु महिनाहरुको तुलनामा यो महिनामा नेपाल फर्किनेहरुको संख्यामा निकै बृद्धि हुने गर्छ । 

 

अक्टोबरमा नेपाल फर्किनेहरुको संख्या आकासिनुका पछि दशैंको मात्र एक्लो कारण छैन । अक्टोबर महिनामा नेपालीहरु मात्र नभएर बेलायतीहरु पनि अरु महिनाको तुलनामा निकै ठूलो संख्यामा नेपाल पुग्ने गरेका छन् । नेपालमा ट्रेकिंगको लागि यो महिना सबैभन्दा उत्तम मानिने कारण पनि अक्टोबरमा नेपाल जाने बेलायतीहरुको चाप औसतभन्दा बढ्ने गरेको छ । 

 

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार अरु महिनाको तुलनामा अक्टोबरमा नेपालको भिसा लिने बेलायतीको संख्या ३० देखि ४० प्रतिशतसम्म बढि हुने गरेको छ । अक्टोबर महिनामा हरेक दिन १ देखि डेढ सय जनासम्म बेलायतीहरुले लण्डनस्थित नेपाली दूतावासबाट नेपालको भिसा बुझ्ने गरेका छन् । लण्डनबाट यसरी भिसा लिनेहरुभन्दा अझ बढिले त सिधै काठमाडौं एअरपोर्टबाटै अन अराइभल भिसा लिने गरेका छन् । 

 

सिजनमा हवाई भाडा दोब्बर

 

अक्टोबरको यो सिजनमा नेपाल जाने यात्रुहरुको संख्या मात्र होइन, हवाई टिकटको भाडादर पनि निकै बृद्धि हुने गरेको छ । 

 

'एअरलाइन्सहरु धेरै यात्रु त चाहन्छन् नै, उच्च रिभेन्यू पनि खोज्छन् । त्यसैले जब बजारमा यात्रुको चाप बढ्दै जान्छ, तब भाडादर पनि बढाउंदै जान्छन्', ट्राभल कन्सोलका निर्देशक बिराज भट्ट सुनाउंछन्, 'त्यसैपनि यात्रुहरुको बढि चाप हुने सिजनका लागि पहिले नै महंगो दर लगाइसकेका हुन्छन् ।' 

 

भट्टका अनुसार अफ सिजनको कुनै सामान्य महिनाको तुलनामा अक्टोबर महिनामा  बेलायतबाट  नेपाल जाने टिकटको मुल्य झण्डै दोब्बर बढि हुने गरेको छ । उदाहरणको लागि अफ सिजनको मे महिनामा साढे ४ सय आसपासमा पाइने टिकट सिजनको अक्टोबरमा भने ८ सय भन्दा माथि पुग्ने गरेको छ । केहि महिना अगाडि नै योजना गरेर अग्रिम टिकट लिनेहरुलाई थोरै राहत मिलेपनि केहि दिनभित्रै उड्ने गरी  टिकट लिंदा दर निकै चर्को पर्ने गरेको छ । 

 

जुलाई महिनामा बेलायतमा स्कुल होलिडेको सिजनदेखि अक्टोबरमा दशैंतिहार हुंदै डिसेम्बरको क्रिसमस होलिडेसम्मको पूरै अवधि नै बेलायतबाट नेपाल जानेहरुको लागि  सिजन हुने गर्छ । त्यसमध्ये पनि सबैभन्दा बढि चाप भने दशैंतिहार र ट्रेकिंगको सिजनका कारण अक्टोबर महिनामा नै पर्ने गरेको छ । 

 

 

 


थप समाचार

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 8 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।

कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

  • 18 minutes ago
कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस

प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

  • 32 minutes ago
प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

काठमाडौं । मिलन चाम्सको फिल्म ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म गत वर्ष दर्शकमाझ रिलिजमा आएको थियो ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।