दशैँको अघिल्लो साँझ !

दशैँको अघिल्लो साँझ । जयन्तीले कोग्रा स्टेशनमा आउन अझै आधा घण्टा लाग्छ भनेपछि हो मलाई के गरौँ कसो गरौँ भएको । कोग्रा स्टेशन पारीको स्टेशन रोडको रकीङ नेपाल ग्रोसरी सपमा गएर नेपाली पत्रिका उठाएँ । मलाई कुर्न झैँ गार्हो केही लाग्दैन । छट्पटी हुन्छ । स्टेशन रोडको पुछार हुँदै होगवेन पार्कमा पुगेँ । कुनाको कुर्चीमा गएर बसेँ । पारी पट्टीको कुनामा एउटी आमा ढल्न लागेको साँझजस्तै धमिलो मुद्रामा देखेँ ।

 

पारी पट्टी भएपनि दुरी टाढा थिएन ।  पहेँलो सारीमा पातलो छिर्केमिर्के राटो बुट्टा थियो । चोलो खैरो थियो । सादा थियो । अनुहार झनै सादा । मलिन । कपाल भने मेरो भन्दा पनि कालो रैछ । मनमनै अन्दाज लगाए । छोराले बोलाएको भए बुहारीले नत्र छोरीले कालो लगाइदिइन् होला । साठीदेखि पैँसठ्ठीको बीचमा हुन सक्ला उमेर ।

 

हरियो घाँस र हरियै रुखले ढाकेको पार्कको कुनामा यसरी झोक्राएर बसिरहँदा बोल्ने आँट भएन । मैले हातका पत्रिका कुर्चीको छेउमा राखेँ । आमाले सानो घ्यू रंगको पछ्यौराको एउटा पाटोले मुख छोपिन । त्यसपछि उनीले आफ्नो भावना छोप्न सकिनन् । प्रष्ट देखिएको उनको आँशु । नभक्कानिए पनि मैले प्रस्ट सुने उनको रुवाइ । पार्कमा अरु निकै तल दुइटा चाइनिजजस्ता देखिने दुइटा लोग्नेमान्छेहरु बसिरहेका थिए । प्राय पार्कमा बढी नै मान्छे हुन्थे । आज थिएनन् । विकेण्ड नभएर होला । म नजिकै गएँ । उनकै कुर्चीमा बसेँ । बस्दा ध्यान कुर्चीमा त्यती थिएन । कुर्चीमा सानो खाल्टो रैछ । खाल्टोमा अलिकति पानी । शरिरको सानो आयतन चिसो भयो । उनीले मलाई हेरिन र रुन छोडिन् । 

‘के भो आमा ? किन रुनु भ’को ?’

 

‘केही होइन बाबु ?’

 

आमा तर्किन खोजिन् । कतिपय आमाहरूलाई सिड्नीमा लामो समय बस्नु पर्दा अत्यास लागेको पनि पाएको छु । आ—आफ्ना कारण होलान् । मैले खोतल्न चाहिन । तर उनीलाई नबिथोलिन पनि बस्न सकिन । 

 

‘तपाईं रोकोे देखेँ, मेरी आमा नि तपाईंकै उमेरकी हुनुन्च । त्यसैले बोल्न संकोच मानिन । आमाको घर कहाँ नेपालमा ?’

 

मैले कुराको प्रसंग ठेगानामा मोडिदिएँ । 

 

‘काठमाण्डू हो बाबु । तिम्रो कहाँ नि ?’

 

‘मेरो पोखरा ।’ 

 

यसरी हाम्रो कुराले बाटो पायो । संवादको बाटो फराकिलो हुँदै गयो । आमा खुल्न थालिन । आमाको कुरामा भुल्न थालेँ । अघि भर्खरै रोएकी आमाको मुस्कान पनि देख्न पाएँ । कुराको बाटो अझै लम्ब्याउन खोज्दै थिएँ । बीचमा फोनको रेडलाइट बल्यो । जयन्ती प्लेटफार्म आइसकी छन् । मैले उनीलाई पर्खिन लगाएँ । कुरा धेरै भयो । कहाँ बस्नुन्छ भनेर भनेर सोध्न भुलेछु । सम्झिने वित्तिकै सोधिहालेँ । 

 

‘हसभिल बस्छु ।’ आमाले हर्स्टभिल भन्न खोजेकी थिइन् । कोग्राबाट हिँडेर जान कम्तीमा आधा घण्टा लाग्छ । मैले हिँड्नुस् म पु¥याइदिन्छु भनेँ । उनले पर्दैन भनिन् । मैले जोड गरेँ । उनी मानिनन् । 

 

‘हर्स्टभिल कतातिर बस्नुन्छ ।’ 

 

नसोधेको भए पनि हुन्थ्यो । तर सोधी हालेँ । आमा अक्मकाइन् । मलाई अलिकति शंका लाग्यो । जयन्तीको फेरी फोन आयो । मैले उठाइन । टेक्स्ट गरेँ । 

 

‘भोली दशैँ छ आमा, अब पार्कमा एक्लै नबस्नुस् । घर जानुस् ।’ 

 

‘जान्थेँ बाबु छोरो अस्पतालमा छ ।’

 

‘के भयो ?’

 

‘राती उठेर, घरभित्र बाढी पस्यो भन्छ, दिमाग ठिक ठाउँमा छैन बाबु ?’

 

‘कहिलेदेखि यस्तो भको ?’, मैले लामो श्वास फेर्दे सोधेँ । 

 

यत्तिकैमा आमालाई लिन एकजना केटी आइन् । शायद बुहारी होलीन् । टाढैबाट देख्दै आमाले ल म जान्छु भन्ने हतारो देखाइन् । मैले हुन्छ भनेँ । म हिँड्दा, आमालाई लिन आउने केटी खुशी नभएको थाहा पाएँ । 

 

सुनेको नसुन्यै गरेर हिँडिरहेँ । तर सुनिरहेको थिएँ ।

 

‘को हो त्यो ?’ 

 

‘अनि किन बोल्न परेको हो ?’

 

म प्लेटफार्म मा पुगेँ ।  पुगेपछि ढिलो भएकोमा जयन्तीको गन गन शुरु भयो । सपिङ गर्नुपर्ने थियो । गर्न मन लाग्ने । दशैँको मुखमा आमाको खुशीलाई कति ठूलो बाढीले बगाइएछ । आमा विधवा थिइन् । पहिरनले अड्कल काटेँ । बेसाहारा नभइदिए हुन्थ्यो ।

 

 

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 3 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।