IIMS College

ISMT

HUB Education

देउवाको ‘अशोभनीय’ र ‘आपत्तिजनक’ अभिव्यक्ति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर हिजो ९शनिवार० एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरे । यो अभिव्यक्ति कार्यकारी राष्ट्र प्रमुख तथा प्रधानमन्त्री ओलीविरुद्ध व्यक्तिगत लाञ्छनाका रुपमा मात्र होइन, बरु सिंगो राष्ट्रियतासँग जोडिएर सार्वजनिक भयो ।

 

देउवाले वर्तमान प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै दिल्लीले नेपाली भूभाग हडपेको नक्सा सार्वजनिक गरेको हो भनी बोलिदिए । उपनिर्वाचनको सन्दर्भमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसलाई भोट माग्दै गर्दा उनले यो असान्दर्भिक र आपत्तिजनक अभिव्यक्ति किन दिए सबैका लागि यो निकै सोचनीय विषय बनेको छ ।

 

छिमेकी देश भारतले कालापानी क्षेत्रलाई आफ्नो भूभागमा राखेर नयाँ नक्सा सार्वजनिक भएलगत्तै नेपालमा त्यसको देशव्यापी विरोध शुरु भयो । प्रधानमन्त्री ओलीले बिना ढिलाइ सबै राजनीतिक दल तथा पक्षहरुलाई बोलाएर सर्वपक्षीय राष्ट्रिय भेला आयोजना गरे । भेलाले एकमतका साथ प्रधानमन्त्री ओलीलाई राष्ट्रिय एकताको प्रतिबद्धतासहित कुटनीतिक पहलमार्फत यो समस्याको समाधान गर्न जनादेश दिए ।

 

राष्ट्रियताको पक्षमा खरोरुपमा उत्रने प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च जमिन पनि मिच्न नदिइने बताए । प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा नेपालले कसैको एक इञ्च भूमि पनि नलिने र आफ्नो एक इञ्च भूमि पनि अरुलाई नदिने भनी सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । योसँगै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा रहेका विदेशी फौज तुरन्त हटाउन आग्रहसमेत गरे । त्यो ठाउँमा नेपाली फौज राखिने पनि उनले बताए ।

 

एकातिर समस्या समाधानका लागि कुटनीतिक पहल थालनी हुनु र अर्कोतिर पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता देउवाले यस्तो अभिव्यक्ति दिनु आफैँमा विसंगतिपूर्ण देखिन आएको छ ।

 

यसले प्रश्न उब्जाएको छ– किन गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिए त देउवाले रु यो अभिव्यक्तिलाई लिएर जनसाधरणमा चर्चा चल्न थालेको छ– कसले यस्तो कुरा बोल्न लगायो देउवालाई रु धेरैको धारणा त यसो पनि रहेको छ कि देउवाको यो अभिव्यक्ति राष्ट्र र राष्ट्रियता विरोधी छ ।

 

पछिल्लो केही समयदेखि देउवा धेरै विवादास्पद कुराहरु बोल्दै र आलोचित हुँदै आइरहेका छन् । रौतहट राजपुर फरहदवामा भएको बम विष्फोटपछि प्रमाण नष्ट गर्नका लागि जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर सामुहिक हत्या गर्ने कांग्रेसी नेता तथा सांसद मोहमद अफताव आलम गिरफ्तार भएलगत्तै उनको बचाउका लागि देउवाले निकै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

 

चौतर्फी आलोचना भएपछि देउवाले आफ्नो कमजोरी स्वीकार गर्दै थप विज्ञप्ति पनि जारी गरेका थिए । यो आलोचनाको विषय भर्खरै सेलाएका बेला देउवाले अघि बढ्दै गरेको सीमा विवाद समाधानसम्बन्धी कुटनीतिक पहललाई प्रभाव पार्ने गरी गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिएपछि उनी फेरि विवाद र आलोचनाको भूमरीमा फसेका छन् । यो अभिव्यक्तिको पनि उनले खण्डन गर्नु पर्ने देखिन्छ । या त यसलाई सत्यतामा परिणत गर्न विश्वासिलो तर्क पेश गर्नुपर्ने छ ।

 

देउवा जस्तो देशको अभिभावकले सस्तो लोकप्रियता र चुनावी मतका लागि यसरी बोल्नु हुने थिएन । यसको अलावा प्रधानमन्त्रीसँग पटक–पटक कुराकानी, सरसल्लाह र सुझाव दिने गरेको भए सीमा समस्या समाधानले मूर्तता पाउने थियो । त्यो नै नेपाल र नेपालीको हितमा हुने थियो ।

 

अरुमाथि दोष थोपर्न खोजिरहँदा देउवामाथि पनि केही गम्भीर राजकीय दोषहरु त अवश्य पनि आउँछन् । उनी पनि लामो समयदेखि र पटक–पटक नेपाली सार्वभौमसत्ताको हर्ताकर्ता हुने मौका पाएका छन् । अहिले पनि कम जिम्मेवारीमा छैनन्, उनी ।

 

आज भारतीय नक्सामा देखाइएका नेपाली भूमिहरु लामो समयदेखि अतिक्रमित हुँदै आएका हुन् । तीबारे देउवाले आफ्नो कार्यकालमा ‘चुँ’सम्म पनि बोलेका थिएनन् र छैनन् । उनका पालामा सीमानामा अतिक्रमित भूभागबारे कुनै कुटनीतिक छलफल भएको पनि देखिदैन । शायद यी कुरामा उनको कुनै पनि हेक्का रहेन र पहल पनि गरिएन । देउवाले आफूसँग जोडिएको यो कुरालाई बिर्से पनि जनताले भने कहिल्यै बिर्सेका छैनन् ।

 

देउवामाथि आरोप छ कि उनी प्रधानमन्त्री भएका बेला आफ्नो पद टिकाइरहन ‘लम्पसार’ परेका थिए । नेपालमा नाकाबन्दी आइलाग्दा ‘चुँ’ सम्म बोलेका थिएनन् । कालापानी मिचिएको कुरा तात्कालीन नेकपा एमालेका नेता प्रेमसिंह धामीले संसदमा उठाएर यसको समाधानका लागि आग्रह गरिरहँदा उही भूगोलमा सालनाल गाडेका देउवालाई कालापानीको पीडाले कतैपनि छोएको थिएन ।

 

तर त्यही सामूहिक जनादेश र प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुटनीतिक पहलका साथै नेपाल–भारतबीच द्विपक्षीय वार्ताको समेत जरुरी हुन आउँछ । यसमा नेपालीहरुबीच एकता र सरकारी कुटनीतिक पहलमा ऐक्यबद्धताको खाँचो छ । यसका लागि अडान, निरन्तर पहल, आत्मसंयम र दृढ निश्चयी बन्नु जरुरी छ । भावना, उत्तेजना र बहकाउले यसमा काम गर्ने देखिदैन ।

 

अन्त्यमा, राष्ट्रियता र राष्ट्रिय एकतासँग जोडिएको सीमा विवाद समाधानका लागि सबै दल र सबै पक्ष र नेपाली जनताको एकता जरुरी छ । तर यसको मर्मविपरीत पूर्व प्रधानमन्त्री तथा हाल प्रतिपक्ष दलका नेता देउवाले दिएको असुहाउँदो र स्तरहीन अभिव्यक्तिले नेपाली बीचको एकतामा ठेस पुर्याएको छ । यसले पुर्याउने क्षति नेपाल र नेपालीहरुका लागि अपूरणीय हुन सक्छ ।

 

हामीले नसोचेर बोल्दा र काम गर्दा नेपालीको चाहना, हकहित र राष्ट्रिय संवेदनशीलतामाथि घात पुग्न जाने कुरालाई सदैव केन्द्रमा राख्नु जरुरी छ ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।