के पाकिस्तानमा लुकेका छन् भारतका ‘मोस्ट वान्टेड’ डन दाउद इब्राहिम ?
- मंगलबार, १७ मंसिर, २०७६
- 6 days ago
- अन्तर्राष्ट्रिय




एजेन्सी । डी कम्पनीका सञ्चालक तथा भारतका ‘मोस्ट वान्टेड’ आतङ्ककारी दाउद इब्राहिम पाकिस्तानमा एकदमै सुरक्षित ठाउँमा लुकेका छन् । सुरक्षालाई लिएर चिन्तामा रहेका उनी विगत ३ वर्षदेखि कसैसँग पनि फोनमा कुराकानी गरेका छैनन् । पाकिस्तानमा उनलाई आईएसआई र सेनाको संरक्षण रहेको बताइएको छ ।
दिल्ली प्रहरीका एक अधिकारीका अनुसार दाउद अहिले पनि आफ्ना साथिहरुसँग पाकिस्तानमा लुकिरहेका छन् । यसको सही प्रमाण भेटिएको छ । दिल्ली प्रहरीले उनको पछिल्लो फोन सन् २०१६ मा रेकर्ड गरेको थियो । भारतको खुफिया एजेन्सीहरुले २०१६ मा दाउदको फोन १५ मिनेटसम्म रेकर्ड गरेका थिए । जसमा दाउद कराचीदेखि दुबई मा रहेका आफ्ना सहयोगिहरुसँग कुरा गर्दै थिए ।
उनले त्यसबखत आफू मुटुको रोगी रहेको र कराची अस्पतालमा भर्ना भएको बताएका थिए । यद्यपी ‘डी कम्पनी’ले यो खबर झुटो रहेको बताएको थियो ।
प्रहरी अधिकारीका अनुसार कुराकानीको समयमा (२०१६) लागिरहेको थियो की उनले रक्सी पिएका थिए किनभने उनको आवाज थोरै बरबराएको थियो । सारांशमा कुराकानीमा भने अन्डरवल्र्डका कुनै गतिविधि तथा योजनाको बारे कुरा नभएको बताइएको छ ।
यता प्रहरीका अनुसार सायद अहिले दाउद फोनको प्रयोग गर्नबाट बचिरहेका छन् । तर यसको मतलब यो होइन की दाउदले कराचीबाट आफ्नो अड्डा बदलेका छन् । उनी बताउँछन्, ‘हामीसँग यो प्रमाणित गर्नका लागि प्रयाप्त प्रमाणहरु रहेका छन् की दाउद र उनका नजिकका सदस्यहरु पाकिस्तानमा रहेका छन् ।’
थप समाचार
नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल
- 6 minutes ago

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अष्ट्रेलियामा
च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता
- 13 minutes ago

काठमाडौँ । च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल अत्यन्त रोमाञ्चक हुने भएको छ । ग्रुप एच मा चेल्सी, भ्यालेनसिया, आयाक्स र लिली रहेका छन् ।
संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन
- 16 minutes ago

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । यहि अधिवेशनले सभामुख चयनको प्रक्रिया समेत तय गर्नुपर्नेछ । सा
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।
विचित्र विश्व
विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।