Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थकोशी प्रदेशसभाबाट अर्थ सम्बन्धी विधेयक पारित

कोशी प्रदेशसभाबाट अर्थ सम्बन्धी विधेयक पारित


विराटनगर। कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गरेका थिए। विधेयक पारित हुनु अगाडि कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिंथेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छविलाल चुँडाल र रामप्रसाद महतोले सो विधेकयको विविध पक्षमा चर्चा गरेका थिए।

उनीहरुले सरकारको कर तथा राजस्व उठाउने विषयसँग सम्बन्धित यो विधेयकले प्रदेशको समृद्धिको यात्रा कोर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए। छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको विधेयक भएकाले यसमा कर र करका दायराका विषयमा कुनै पनि फेरबदल नगरेको जानकारी दिए। उनले प्रदेशको आयको सबैभन्दा ठूलो स्रोत यातायात भएकाले यसलाई व्यवस्थित गर्ने कुरामा जोड दिए।

मुख्यमन्त्री कार्कीले गिटी, बालुवा र ढुङ्गाका विषयमा स्थानीय तहले कर लगाउने भएकाले प्रदेश सरकारले यसबाट आउने करलाई व्यवस्थित मात्र गर्ने स्पष्ट पार्दै सरकारले घरेलु तथा साना उद्योग दर्तामा सहुलियत दिने नीति लिएको जानकारी दिए।

बिहान ११ बजे प्रारम्भ हुने भनिएको बैठक ढिला सुरु भएको थियो । दिउँसो १ः४५ बजे स्थगित भएको बैठक २ः४५ मा पुनः सुरु भएको थियो। बैठकको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले गरेका थिए।

अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

हिमालयन बैंकको सीईओमा अशोक राणाले पाए निरन्तरता

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार आइतबार प्रतितोला १ लाख ३९

Techie IT