देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

  • बिहीबार, २२ कार्तिक, २०७५
  • 2 months ago
  • नेपाल

तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । 

 

यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार यस्तो कार्यक्रम अघि बढाएको छ । म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्यले पनि भैलो खेलिएकोे उक्त समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए । 

म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले पनि कला संस्कृतिको संरक्षणसँगै कोष वृद्धि तथा भ्रमण वर्षलाई लक्षित गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको छ ।नवीन आनन्द योग केन्द्रले योगाश्रम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष नवीन जुक्जालीले बताउनुभयो । परम्परालाई आधुनिक बनाउन देउसी–भैलोमा थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य समावेश गरिएका छन् । 

 

देउसी–भैलोमा मौलिकपन बढ्दै जाँदा यसको मर्म नै मेटिने खतरा रहेको ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रम सङ्गितमय बनाउनाका साथै नृत्य कला भएका कलाकारका लागि आम्दानीको स्रोत बनेको छ । विभिन्न सङ्घ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसी–भैलो खेल्न लगाइएकोे कलाकार रवि कार्कीले बताए । 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।