जब डेभिड बेकामलाई कुरुप मूर्ति देखाएर यसरी प्रांक गरियो

  • शुक्रबार, १ चैत, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । इंग्ल्याण्डका फुटबल लिजेन्ड डेभिड बेकामलाई एक अमेरिकन लेट नाडट शो कार्यक्रमले ‘प्रांक’ गरेको छ । अमेरिकन सकर क्लब एलए ग्यालेक्सीले उनको सम्मानमा मूर्ति बनाएको थियो । तर, ‘लेट नाइट शो विथ जेम्स कोर्डन’को टिमले क्लबसँग मिलेर उनीमाथि केही हप्ताअघि प्रांक गरेको हो । 

 

टिमले क्लबसँग मिलेर बेकामको मूर्ति सार्वजनिक गर्ने भन्दै कुरुपको सार्वजनिक गर्दा उनी मलिन अनुहारमा देखिए । एलए ग्यालेक्सीको घरेलु मैदान डिग्निटी हेल्थ स्पोर्टस् पार्क कार्सन, क्यालिफोर्नियामा क्लबको अध्यक्ष तथा जेम्स कोर्डनको टिम मिलेर कुरुप मूर्ति सार्वजनिक गर्दा उनले मूर्ति निर्माण गर्ने व्यक्ति (नाटक गर्ने व्यक्ति)लाई नम्र भएर मूर्तिमा नमिलेको भागको बारेमा गुनासो गर्दै थिए । 

 

मूर्तिमा बेकामको आँखा ‘डेरो’ बनाइएको थियो त्यस्तै ‘हिप’पनि निकै ठूलो बनाइएको थियो । बेकामले मूर्तिमा सबैभन्दा मिलेको कपाल मात्रै रहेको बताइरहँदा मूर्ति बनाउने मान्छे उनलाई सम्झाउँदै भन्दै थिए ‘मूर्ति निकै राम्रो बनेको छ ।’ सोही कुरामा एलए ग्यालेक्सीका अध्यक्ष क्रिस क्लेनले पनि हो मा हो मिलाउँदै थिए । बेकामले उक्त मूर्तिमा आपत्ति जनाउँदै गएपछि क्लबका अध्यक्षले उक्त मूर्ति हटाउन लगाए । लगत्तै एउटा लोडर गाडी आयो र मूर्ति भत्काइदियो । त्यसपछि बेकामले उक्त स्थान छोड्न लाग्दै नजिकै रहेका जेम्स कोर्डन पुगेपछि मात्रै बेकामले आफूमाथि प्रांक गरेको थाहा पाए । 

 

भिडियोः

 

 


थप समाचार

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • 2 minutes ago
प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 20 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 58 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।