IIMS College

ISMT

HUB Education

डायमन्ड बुद्धिस्ट सेन्टरको तेश्रो साधारणसभा सम्पन्न

  • बिहीबार, ९ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारणसभा गत आइतबार प्लमस्टिड, लण्डनस्थित चौतारी पार्टी हलमा सम्पन्न भएको छ ।

 

साउथ ईष्ट लण्डन क्षेत्रमा एउटा नेपाली बौद्ध गुम्बा निर्माणको लक्ष्यसहित तीन वर्षअघि स्थापना गरिएको संस्थाले बौद्धधर्म र भगवान बुद्धको दर्शनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

 

त्यसअवसरमा संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले गुम्बाको लागि आर्थिक संकलन गर्ने अभियान  नियमित रुपमा अघि बढिरहेको जानकारी दिएका छन् ।

साधारणसभामा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अध्यक्षहरू र पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

 

साधारणसभाका सहभागीहरुले साउथ ईष्ट लण्डनमा छिटो भन्दा छिटो बौद्धगुम्बा निर्माण अपरिहार्य रहेको धारणा राखेका थिए । जसका लागि सबै जना मिलेर आर्थिक सकंलनमा जुट्नुपर्ने उनीहरुको सुझाव थियो ।  

 

कोषाध्यक्ष सुर्जा गुरुङको आर्थिक प्रतिवेदन र महासचिव योगेश गुरुङको वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित  भएका थिए ।

 

 

महासचिवले संस्थाका प्रमुख गुरु खेन्पो शिरलम गुरुङले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।  संस्थाका अध्यक्षले संस्थाको विधान तथा वर्षभर सञ्चालन गरिने कार्यक्रमहरूबारे प्रकाश पारेका थिए । हलले सबै बुँदाहरू सर्वसम्मत परित गरेको थियो । कार्यक्रममा उपाध्यक्षद्वय हितमान गुरुङ र मिना गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए । 

 

शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा राम गुरुङ , श्रीचन्द्र गुरुङ, केश गुरुङ, हिरा प्रसाद गुरुङ, अङ्कित गौचन, हेम छन्त्याल, धन गुरुङ, ले.दिल बहादुर गुरुङ, सुशिल प्रजापति, ओमप्रसाद गुरुङ आदि थिए ।

 

साधारणसभामा छलफलपश्चात हलको निर्णय बमोजिम यस वर्षमा बुद्धजयन्ती, धार्मिक तिर्थयात्रा, सिन्धुव्रत, च्यारिटी, ग्रहशान्ति वा क्यावसी पूजा र अन्य महान गुरुहरूको आगमनको अवसरमा पूजा,प्रवचन कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरियो ।

 

अध्यक्ष गुरुङले कार्यक्रम सफल पार्नका लागि अहोरात्र खटिने उपाध्यक्ष मिना गुरुङसहित सिंगो आमा समुह तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै तेश्रो साधारणसभा समापन गरेका थिए । 

 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 4 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 4 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।