डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले गर्यो साङपूजा तथा प्रवचन

  • मंगलबार, २९ जेष्ठ, २०७५
  • 10 months ago
  • युके

लण्डन ।  गत आइतबार प्लमस्टिड कमनस्थित वर्किंङ मेन्स् क्लब हलमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले साङपूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । 

 

त्यस अवसरमा पूजा प्रवचन कार्यक्रम नेपालको तमु बौद्ध एसोसिएसनका अध्यक्ष तथा पोखरास्थित तमु बौद्ध अर्घौ सदनका प्रमुख गुरु, श्रद्धेय गुरु खिम्पो शिरलम गुरुङ (थुप्तेन येशे)द्वारा सञ्चालन गरिएको थियो ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले केहि महिना अघिदेखि दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बा निर्माण गर्ने उद्धेश्यले धार्मिक कार्यक्रमहरू तथा च्यारिटी कार्यक्रम सम्पन्न गरेर आर्थिक सङ्कलन गर्दै आएको बताएका छन् । 

 

अध्यक्ष गुरुङले विस्तृत जानकारी दिंदै लण्डनको दक्षिणपूर्व क्षेत्रमा हालसम्म नेपालीहरूको गुम्बा स्थापना नभएको र यस क्षेत्रमा नेपाली मूलका बौद्धधर्म अनुयायीहरूको संख्या हजारौं रहेको बताएका थिए । सर्वसाधारणलाई धार्मिक कार्यक्रमहरू आयोजना गरेर बौद्ध दर्शनको अभ्यास र यसलाई व्यापकता दिने काम डायमन्ड बुद्धिस्ट सेन्टर यूके गर्दै आएको समेत उनले जानकारी दिए ।

 

कार्यक्रमलाई संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए । पूजा प्रारम्भ हुनु अघि धर्मगुरु खिम्पो शिरलमलाई विधिपूर्वक भव्य स्वागत गरिएको थियो । हलमा सहभागी सबै श्रद्धालुहरूलाई सम्बोधन गरेर संस्थाकी उपाध्यक्ष मिना गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा धेरै बौद्ध अनुयायीहरूको सहभागिता रहेको थियो । 

 

 

तमु बौद्ध धर्मगुरुहरू मध्ये सबैभन्दा पहिले बौद्धधर्ममा विद्यावरिधी (खिम्पो उपाधि) प्राप्त गरेका  धर्मगुरु खिम्पो शिरलमले बौद्धधर्म प्रबद्र्धनका लागि पु¥याएको अथक सेवा र बुद्ध दर्शनलाई व्यापक रुपमा फैलाएको उपलक्ष्यमा पहिलोपटक डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले कदरपत्रद्वारा सम्मान गरेको थियो । कदरपत्र प्रदान गर्ने क्रममा संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले सहभागी सबैलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै कदरपत्र पढेर सुनाएका थिए ।

 

यसै अवसरमा संस्थाका पूजा प्रवचन कार्यक्रमहरूमा आर्थिक सहयोग र विभिन्न कोणबाट सहयोग गर्दै आएका संस्थाहरू र व्यक्तित्वहरूलाई धर्मगुरुको बाहुलीबाट कदरपत्र वितरण गरेर सम्मान गरिएको थियो । साङपूजापछि गुरुको गहन प्रवचनले सबलाई मन्त्रमुग्ध बनाएको थियो । 


थप समाचार

यी हुन् माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु

  • 14 minutes ago
यी हुन् माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागबण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ ।

एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

  • 19 minutes ago
एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

एजेन्सी । सन् २०१० यता विश्वकै सबैभन्दा ठुलो बिल्डिङ बुर्ज खलिफा हो । २० वर्ष अगाडि ७५ प्रतिशत विश्वकै अग्ला भवनहरु उत्तर अमेरिका रहेका थिए ।

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 38 minutes ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।