Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव फेल

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव फेल


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल भएको छ। मकवानपुरको हैटौँडामा बिहीबार सम्पन्न एन्फाको विशेष साभारणसभामा भएको मतदानमा अविश्वासको प्रस्ताव असफल भएको हो।

मतदानमा ८७ मध्ये कुल ५३ मत खसेको थियो। त्यसमध्ये एक मत बदर भएको थियो। मतदानमा अविश्वासको प्रस्तावको पक्षमा एक मत पनि खसेन।

अविश्वासको प्रस्ताव असफल भएसँगै अध्यक्ष नेम्वाङको पद जोगिएको छ। नेम्वाङले एन्फा अध्यक्ष पदमा निरन्तरता पाएका छन्।

अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा एन्फाको विशेष साधारणसभा भएको थियो।

असन्तुष्ट पक्षको विरोधको बावजुद विशेष साधारणसभामा मतदान पक्रिया अघि बढाइएको थियो। यसअघि असन्तुष्ट पक्षले आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेपछि विशेष साधारणसभामा असहज स्थिति सृजना भएको थियो।

अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका छन्। उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनुपर्ने माग राखेका थिए।

सोही विषयलाई लिएर सभा हलभित्र होहल्ला पनि सुरु भएको थियो । त्यसैले विशेष साधारणसभा स्थलमा ठूलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

विशेष साधारणसभाको माग गर्ने पक्षले नियमसम्मत तरिकाले साधारणसभा सञ्चालन नभए आफूले बहिष्कार गर्नेसम्मको चेतावनी दिएका थिए।

विशेष साभारणसभा विहान ८ बजे बोलाइएको थियो। तर, निर्धारित समयभन्दा करिब चार घन्टापछि मात्र विशेष साधारणसभा सुरु भएको थियो। हेटौँडास्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नगरी सिधै सभालाई अगाडि बढाइएको थियो।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारणसभाको अध्यक्षता गर्न नमिल्ने अवस्था थियो। सोही कारणले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले विशेष साधारणसभाको अध्यक्षता गर्नुपर्ने थियो। तर, खड्काले विशेष साधारणसभाको अध्यक्षता गर्न नमानेपछि उद्घाटन सत्र नै गरिएन।

एन्फा इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने नेम्वाङ पहिलो अध्यक्ष हुन्। एन्फा कार्यसमितिको असोज तेस्रो साता बसेको बैठकले विशेष साधारणसभामा अध्यक्षविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई मात्र निर्णयार्थ प्रस्तुत गर्ने निणर्य गरेको थियो।

महासचिवविरुद्धको बर्खास्तीको प्रस्ताव भने विशेष साधारणसभामा प्रस्तुत नगर्ने निणर्य त्यो बैठकले गरेको थियो। अध्यक्षविरुद्धको अविश्वास प्रस्तावमा मात्र कार्यसमितिको अधिकार क्षेत्रभित्र पर्ने भएकाले महासचिवको बर्खास्तीको प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निणर्य एन्फा बैठकले गरेको थियो।

गत भदौ २५ गते एन्फाका ४८ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए। उनीहरुले वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासायी बनाउन लागिपरेको र उनीहरुलाई सो पदमा निरन्नरता दिँदा नेपाली फुटबलको भविष्यमाथि नै क्षति पुग्ने आरोप लगाएका थिए।

एन्फाका एक सय पाँचमध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार छ। बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्बाङ पद मुक्त हुनेछन्।

विशेष सधारणसभाको निरीक्षणका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिको पनि उपस्थिति रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT