Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंकल्प यात्राले हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पार्‍योः ओली

संकल्प यात्राले हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पार्‍योः ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको मध्यपहाडी संकल्प यात्राले जनतामा उत्साह ल्याएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आफुहरुले जनताका निराशा चिर्दै गलत भाष्यहरूलाई पराजित गरेको दाबी गरे। उनले एमालेको संकल्प यात्राले देशमा पुनः राजतन्त्र फर्काउँछौँ भन्दै हिँड्नेहरूका लागि पनि यो असान्दर्भिक मुद्दा हो भन्ने पुष्टि गरेको बताए ।

उनले भने, ‘सरकारका असफलताका कारणले पैदा भएका निराशाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएका छन् । त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो । त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो । प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्। त्यस्तो विषयलाई अर्थहीन र असान्दर्भिक बनाइदिएको छ ।’

त्यस्तै, उनले आफूहरूको संकल्प यात्राले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको समेत बताए ।

साथै उनले यात्राका क्रममा अहिले पनि केही मान्छेहरू राणा शासन र पञ्चायत नै ठिक थियो भन्ने भेटिने गरेको भन्दै उक्त कुरा स्वीकार्य हुन नसक्ने बताए ।

‘राणा शासन नै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन् । त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौँ। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने, ‘हामी सफल भएका छौँ । एउटा राजनीतिक रूपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्य भावलाई यस यात्राले चिर्ने काम गरेको छ ।’

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डात्तोलन गरी सुरु भएको एमालेको संकल्प यात्रा १८ दिनसम्म चलेर पाँचथरको चिवाभञ्‍याङमा पुगेर टुंगिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

कांग्रेसमा खुसी र सन्तुष्टि ल्याउन आवश्यक छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन् । पश्चिम

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

Techie IT