हिन्दु धर्म मान्नेहरुको शव किन जलाईल्छ ?

हिन्दु धर्म मान्नेहरुको शव जलाएर नष्ट गरिन्छ । मुस्लिम, इसाई तथा बुद्ध धर्म मान्नेहरुको शव गाड्ने गरिन्छ । यस कुराको जानकारी धेरैलाई थाहा छ । तर, हिन्दु धर्ममा किन शवलाई जलाइन्छ ? यसको कारण धेरैलाई थाहा नहुन सक्छ । 

 

दाह संस्कारमा मृत व्यक्तिको शरीरलाई उठाएर शमशान लगिन्छ र फेरि उक्त शवलाई विधि विधानका साथ अग्निदाह गरिने गरिन्छ । शवदाह पूरा भएसँगै मृतकको अस्थिलाई कुनै पवित्र नदीमा गाड्ने वा बगाउने गरिन्छ । आमरुपमा अस्थि गंगा मा बगाउनुलाई ज्यादा शुभ मानिन्छ ।

 

दाह–संस्कारको कारण के ?

 

वास्तवमा हिन्दू धर्म मा मृत्युलाई जीवन को अन्त्य मानिर्दन । एक जीवन समाप्त भएपछित्यस व्यक्ति को आत्मा उक्त शरीर बाट छुटेर कुनै नयाँ रूप तथा शरीरमा धारण हुन्छ या उसको मोक्ष हुन्छ भन्ने मान्यता छ । जस कारण दाह संस्कार को रिवाज गरिने गरिएको छ ।

 

शास्त्रमा वर्णन गरिए अनुसार जब सम्म मृत व्यक्तिको शरीरको अंतिम संस्कार गरिदैन तब सम्म उसलाई मोक्ष मिल्दैन । शास्त्रमा यो पनि लेखिएको छ कि मानव शरीर पञ्च तत्वबाट बनेको छ ।

 

पाच तत्व पृथ्वी, जल, अग्नि, वायु तथा आकाश रहेका छन् । धर्म शास्त्रका अनुसार मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्वमा विलीन हुन जान्छ । र, आत्मालाई मुक्ति मिल्छ भन्ने विश्वास छ ।


थप समाचार

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

  • 5 minutes ago
डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकम

भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

  • 15 minutes ago
भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

काठमाडौँ । २०७२ वैशाख आजकै दिन महाभूकम्पको विपत्ति सामाना गर्नुपर्यो । कति मान्छे ढले, कत्तिका परिवारै ढले, घर, मन्दिर गमागम लडे । चार वर्षअघि आजैका दिन ३२ जिल्लामा भूकम्पले मानविय र भौतिक क्षती बनाएर

करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

  • 22 minutes ago
करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

एजेन्सी । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करन जोहर । तर, उनले यसपटक निर्माण गरेको फिल्म सुपर डुपर फ्लप भएको छ । फिल्म कंलक उनको जीवनको कलंक भएको समीक्षहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।