Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसदीय सुनुवाइ समिति अवैध भन्दै नाराबाजी

संसदीय सुनुवाइ समिति अवैध भन्दै नाराबाजी


काठमाडौँ। मुलुककको उच्च ओहदाको नियुक्तिबार छिनोफानो गर्ने संसदीय सुनुवाइ समितिमै नाराबाजी भएको छ। उजुरीकर्ताले संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न बुधबार बिहान ११ बजे समितिबाहिरै नाराबाजी हुन्।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरुले छलफल अघि संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न भन्दै नाराबाजी गरेका हुन्। सुनुवाइ गर्ने तयारीमा रहेको समिति गठनमा वैधता कायम गर्न १५ जनाले निवेदन दिएका छन्। उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका थिए। तिनै उजुरीकर्ताहरुले संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न भन्दै नाराबाजी गरेका हुन्।

समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएका २९ जनालाई बुधबार छलफलका लागि बोलाएको हो। समितिलाई आफ्नो उजुरीबारे बताउन पुगेका उजुरी कर्ताहरूले संसदीय सुनुवाइ समितिको गठन र त्यसको काम कारबाहीको अवैधताकै विषयमा प्रश्न उठाएपछि सुनुवाइ प्रक्रिया केहीबेर रोकियो।

कुनै पनि कानुन वा नियमावली कार्यान्वयन गर्नका लागि राजपत्रमा प्रकाशित गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्था भए पनि संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० ले त्यो प्रक्रिया पूरा नगरेको उजुरीकर्ताहरूले दाबी गरेका छन्।

जेठ १४ गते संयुक्त सदनले पारित गरेको नियमावली अहिलेसम्म पनि राजपत्रमा प्रकाशित नभएको पाइएको छ। राजपत्रका नियमावली प्रकाशित नगरी सुनुवाई समिति गठन गरेको र कार्कीको सुनुवाई अघि बढाएको कार्य अवैध रहेको उनीहरूको भनाई छ।

सुनुवाइ समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेर भोलि (बिहीबार)सुनुवाइका लागि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT