IIMS College

ISMT

HUB Education

सन् २०१० को दशकमा अत्याधिक रुचाइएका १० मोबाइल एप्लिकेशनहरू

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१९ बिदा हुने अन्तिम तरखरमा छ । सन् २०१९ मात्रै नभएर हामी यो दशककै उत्तरार्द्धमा आइपुगेका छौँ । यो दशक मोबाइल प्रविधिमा गरिएको परिवर्तन, मोबाइल एप्लिकेशन र गेमको कारणले महत्वपूर्ण रहेको छ । सन् २०१० को दशक मोबाइलमा प्रयोग गरिने एप्लिकेशनहरूको कारण उल्लेख्य रह्यो । 

 

मोबाइल मार्केट डाटा तथा एनालाइटिक्स फर्म ऐप एनीले प्रस्तुत गरेको आँकडाअनुसार यो दशक वास्तवमा सोसल मिडिया एपको दशक रह्यो । उक्त कम्पनीले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१० देखि २०१९ को बीचमा अत्याधिक डाउनलोड गरिएका केही एप्सहरू यी हुन्ः–

 

१) फेसबुकः सामाजिक सञ्जालहरूमा फेसबुक यो दशक सबैभन्दा माथि रहेको छ । सबैभन्दा धेरै डाउनलोड गरिएको एप्सको सूचीमा फेसबुक दशकभरि नै शीर्ष स्थानमा रह्यो ।

 

२) फेसबुक मेसेन्जरः च्याटको लागि सर्वाधिक रुचाइएको एप्सको दोस्रो सूचीमा यो दशकभरी नै फेसबकु मेसेन्जरले राज गर्‍यो । फेसबुक मेसेन्ज सन् २०११ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।

 

३) ह्वाट्सएप मेसेन्जरः निःशुल्क मेसेज सेवाको लागि ह्वाट्सएप मेसन्जर यो दशकमा लोकप्रिय भएको अर्को एप्स हो । यसको स्वामित्व पनि फेसबुकसँगै रहेको छ ।

 

४) इन्स्टाग्रामः फेसबुकद्वारा सञ्चालित इन्स्टाग्राम फोटो तथा भिडियो सेयरिंगको लागि यो दशकभरि नै अत्याधिक रुचाइयो । इन्स्टाग्राम सन् २०१० मा लञ्च गरिएको थियो ।

 

५) स्न्याप च्याटः सन् २०११ मा लञ्च गरिएको स्न्याप च्याट छिट्टै नै चर्चित हुन पुग्यो । सन् २०१० को दशक स्न्याप च्याट यहि कारणले सर्वाधिक रुचाइएको एप्सको पाँचौ सूचीमा क्रमबद्ध हुन पुग्यो ।

 

६) स्काइपः भिडियो कल र भ्वाइस च्याटको लागि दुरसञ्चार एप्लिकेशन स्काइप यो दशकमा छैठौं सूचीमा रहेको छ ।

 

७) टिकटकः टिकटक एप सन् २०१७ मा सार्वजनिक गरिएको थियो । भिडियो सेयरिंग सोशल नेटवर्किङ प्लेटफर्मको रुपमा प्रयोगकर्ताहरूले टिकटकलाई अत्यन्तै रुचाए । यसको स्वामित्व चीनको बाइटडान्स कम्पनीसँग रहेको छ । 

 

८) यूसी ब्राउजरः अलिबाबा ग्रुपद्वारा सञ्चालित यूसी ब्राउजर वेभ ब्राउजरको रुपमा प्रयोगकर्ताहरूले दशकभरि रुचाएर ८ औँ नम्बरमा रहन सफल रह्यो । वाल स्ट्रिट जर्नलका अनुसार यूसी ब्राउजरले एशियामा द्रुत्त गतिमो बढिरहेको बजारमा गुगल क्रोमलाई समेत पछाडि पारेको छ ।

 

९) युट्युबः सन् २०१० मा युट्युबले पनि प्रयोगकर्ताहरूमाझ आफ्नो सघन उपस्थिति जनायो । भिडियो शेयरिंगको लागि युट्युब एप्लिकेश अत्याधिक डाउनलोड गरिएको सूचीमा नवौं स्थानमा रहेको छ ।

 

१०) ट्वीटरः सन् २००६ मा लञ्च भएको ट्वीटर आमप्रयोगकर्ताहरू माझ अत्यन्तै चर्चित रह्यो । आफ्नो भावना तथा विचार २८० शब्दभित्र लेखेर प्रस्तुत गर्नको लागि ट्वीटर परिचित छ । 


थप समाचार

बिपी प्रतिष्ठान तनावग्रस्त

  • 3 minutes ago
बिपी प्रतिष्ठान तनावग्रस्त

इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ ।

सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर

  • 7 minutes ago
सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर

काठमाडौँ । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी दुर्घटना भएको छ । बिहीबार महोत्तरीको बर्दिबासस्थित रातु पुलमा मैनाली सवार बा४च २१२० नम्बरको कार र विपरीत दिशाबाट

विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

  • 16 minutes ago
विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकै छटपटाहटमा रहेका छन् । पार्टीभित्रैबाट घेराबन्दी भएपछि उनी बेचैन रहेका छन् । यसैबीच उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।