IIMS College

ISMT

HUB Education

शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्म

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई  बधाई ज्ञापन गरे । 

 

सांसद सुचिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गरे । 

 

सांसद विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेङ्गु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी  नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भने ।

 

सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेङ्गु फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए । 

 

सांसद लालकाजी गुरुङले सङ्घीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले रु छ करोड उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गरे ।  

 

सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही गर्न माग गरे ।

 

सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दशैँ र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भने ।

 

सांसद सत्यनारायण खनालले मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालीम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ भने ।

 

सांसद सत्य पहाडीले विश्वकै अग्लो मानव बस्तीका रुपमा रहेको डोल्पाको डोल्पोमा भइरहेको महोत्सवको सफलताको कामना गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार मुलुकमा सङ्क्रमणकाल अन्त्य भएको सन्देश दिने काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिए ।

 

सांसद सरलाकुमारी यादवले पाँच वर्षदेखि दशैँमा काठमाडौँवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाए पनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गरे ।

 

सांसद सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको एसिड प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताए ।

 

सांसद सञ्जयकुमार गौतमले नेपाल र भारतबीच लामो समयदेखि गुलरिया नाका सञ्चालन गर्ने भनी सहमति भए पनि आजसम्म किन सञ्चालन हुन सकेन भनी प्रश्न गरे ।

 

सांसद हरिलाल अधिकारीले गोर्खामा बाघ भालुको आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएकाले त्यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्न माग गर्दै  सामाजिक सञ्जालको दुरुपयोग रोक्नेतर्फ पनि सरकारको ध्यान पुगोस् भने ।

 

सांसद ज्ञानकुमारी छन्त्यालले ८०० मेघावाट क्षमताको उत्तर गङ्गा विद्युत् आयोजना छिटो निर्माण सञ्चालनमा सरकारलाई सुझाव दिए ।


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 17 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 19 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 30 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी