Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’


काठमाडौँ। नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ। यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ।

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ जसमा ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रतिवर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन्। यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ।’ योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन्।

नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ। बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन्।

यो योजनाले दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT