Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालएकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने

एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने


काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले आगामी असोज दोस्रो साता १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले आगामी असोज १४ देखि २९ गतेसम्म संगठन सुदृढिकरणको लागि मेची महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरको हो।

बैठकले सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई कार्यतालिकासहित अनुमोदन गरेको हो। अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ।

१४ असोजमा मेचीबाट सुरु हुने अभियान २९ गते महाकालीमा पुगेर समापन हुनेछ। अभियानमा सचिवालय तहका सबैजसो नेतासँगै केन्द्रीय समिति, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ता सहभागी हुनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई

पशुपति क्षेत्रमा गाडी चल्न नदिन र शव गाड्ने वैकल्पिक ठाउँ…

काठमाडौँ । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति

प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझाव

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’

काठमाडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार

लागुऔषध कोकिन सहित ठमेलबाट २ ब्राजिलियन पक्राउ

काठमाडौँ । ठमेलबाट लागुऔषध कोकिनसहित २ जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १७ ठमेलस्थित एक होटलबाट ब्राजिलियन

Techie IT