Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने


काठमाडौँ । समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो ।

मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।

बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ । कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते

काठमाडौँ । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

सुहाङ उद्देश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्ः केपी ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन्

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT