Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै


एजेन्सी । एसिया कप क्रिकेट अन्गर्तत सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । दुई चीरप्रतिद्वन्द्वीबीचको खेल कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । आज पनि यहाँको मौसममा बदली भई वर्षा हुने सम्भावना अधिक छ ।

यसै कारण यदि वर्षाका कारण खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।

विशेष कुरा के छ भने सुपर फोरको यही खेलमा मात्रै रिजर्भ डे राखिएको छ । साथै, फाइनल खेलमा पनि रिजर्भ डे हुनेछ ।

पाकिस्तानले सुपर चोर अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । भारत भने सुपर फोर पहिलो पटक खेल्दैछ ।

समूह चरण अन्तर्गतको खेलमा यी दुईबीच विजेताको टुंगो लाग्न सकेन । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका थिए ।

सुपर फोरमा पाकिस्तान, श्रीलंका, भारत र बंगलादेश रहेका छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । लगातार दुई खेलमा पराजित बंगलादेश प्रतियोगिताबाट लगभग बाहिरिएको छ भने नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT